अछाम । पहुँच र सृजनाका लागि सहकार्य नेपाल (वाक नेपाल), अछामले रसुवाका बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ। संस्थाका सम्पूर्ण कर्मचारीहरु द्वारा दुई दिन बराबरको तलब बाढी तथा पहिरोबाट प्रभावित रसुवाका नागरिकको राहतका लागि सहयोग गरेको हो। संस्थाले कर्मचारीको तलबबाट सहयोग गर्नुका साथै कर्मचारीहरूबाट स्वैच्छिक रूपमा समेत थप सहयोग संकलन
साँफेबगर । अछामको साँफेबगर नगरपालिकाले रसुवाका बाढीपीडितका लागि ४० लाख ९ हजार ८ सय ११ रुपैयाँ ४३ पैसा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको बैठकले साँफेबगर नगरपालिकामा कार्यरत कर्मचारी, जनप्रतिनिधि तथा शिक्षकहरूबाट उक्त रकम संकलन गरी रसुवाका बाढीपीडितलाई सहयोग गर्ने निर्णय गरेको हो। विपद्का कारण प्रभावित नागरिकको राहत
एकेन्द्र महता साँफेबगर । घर तथा उद्योगबाट खेर जाने कपडालाई पुनः प्रयोग गरी टिस्यु पेपर राख्ने आकर्षक बक्स निर्माण गर्ने सीप अछामका महिलाले सिकेका छन्। अछामको साँफेबगर नगरपालिका वडा नम्बर ४ मा सञ्चालित दिदीबहिनी जैविक प्याड उद्योगमा आवद्ध सात जना महिलालाई खेर जाने कपडाको उपयोग गरी टिस्यु पेपर बक्स तथा
अछाम । अछामका युवाहरूको पहलमा बाढी तथा पहिरो प्रभावित नागरिकका लागि करिब रु. ४ लाख ५० हजार बराबरको राहत सामग्री हस्तान्तरण गरिएको छ। “Lifeline Achham” को नेतृत्वमा सञ्चालन गरिएको राहत संकलन तथा वितरण अभियानमा C.I.P. Study Abroad & Immigration Pvt. Ltd., JNK Enterprises, Tikathali, Katki Chiya, Rohit Memorial Club Jayagadh
मंगलसेन । मंगलसेन नगरपालिकाअन्तर्गत रहेका स्वास्थ्य संस्थाहरूको वार्षिक समीक्षामा बान्नातोली स्वास्थ्यचौकी प्रथम भएको छ। दुई दिनसम्म सञ्चालन भएको वार्षिक समीक्षा कार्यक्रममा गरिएको मूल्याङ्कनमा बान्नातोली स्वास्थ्यचौकीले ७५.५ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो। त्यस्तै, ६८ अंक प्राप्त गर्दै कुन्तीबण्डाली स्वास्थ्यचौकी दोस्रो, ६६.७ अंकसहित कालागाउँ स्वास्थ्यचौकी तेस्रो र ६४.७ अंक
अछाम — मंगलसेन नगरपालिकास्तरीय स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबारदेखि सुरु भएको समीक्षा कार्यक्रम बुधबार सम्पन्न भएको हो। नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा मंगलसेन नगरपालिकाका १४ वडामा रहेका १७ वटा स्वास्थ्य संस्थाले वर्षभरि सञ्चालन गरेका स्वास्थ्य कार्यक्रम, हासिल गरेको प्रगति तथा आगामी दिनमा गर्नुपर्ने कामको समीक्षा गरिएको थियो।
रसुवामा आएको बाढी तथा विपद्का कारण नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं उद्धार गरिएका परिवारलाई New Hope ले राहत सामग्री वितरण गरेको छ। उद्धार भई काठमाडौं आएका वीरबहादुर परियार, देउती परियारलगायत परिवारलाई लत्ताकपडा, खाद्यान्न, सिरक–डसना, भाँडाकुँडा, पिफम, पानी, चामललगायत अत्यावश्यक सामग्री प्रदान गरिएको हो। संस्थाका संयोजक मनिष बि.क. लगायतको सहभागितामा राहत वितरण
काठमाडौं । रसुवामा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार सहयोग गरेको छ। समाजले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो। बाढीपहिरोका कारण प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले समाजको तर्फबाट रु. १,०१,००० (एक लाख एक हजार
डडेलधुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बजेटविहीनताको अवस्थाको अन्त्य गर्दै फास्ट ट्र्याकबाट नयाँ बजेट ल्याउने बताउनुभएको छ। नेपाल पत्रकार महासंघ डडेलधुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले विगतका बेथिति अन्त्य गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी बजेट निर्माण गरिने बताउनुभएको हो। मुख्यमन्त्री भट्टले जनताको वास्तविक प्राथमिकतालाई केन्द्रमा राखेर
साँफेबगर – साँफेबगर नगरपालिका स्वास्थ्य शाखाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा तथा आगामी आर्थिक वर्षको योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ। साँफेबगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सोमबारदेखि सञ्चालन भएको कार्यक्रमका क्रममा नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूले आर्थिक वर्ष २०८२/०८३ मा गरेका काम, हासिल भएका उपलब्धि, सेवा प्रवाहका क्रममा देखिएका समस्या,