अछाम । पहुँच र सृजनाका लागि सहकार्य नेपाल (वाक नेपाल), अछामले रसुवाका बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ।
संस्थाका सम्पूर्ण कर्मचारीहरु द्वारा दुई दिन बराबरको तलब बाढी तथा पहिरोबाट प्रभावित रसुवाका नागरिकको राहतका लागि सहयोग गरेको हो।
संस्थाले कर्मचारीको तलबबाट सहयोग गर्नुका साथै कर्मचारीहरूबाट स्वैच्छिक रूपमा समेत थप सहयोग संकलन गरी कुल १ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ।
प्राकृतिक विपद्का कारण पीडित बनेका परिवारलाई राहत तथा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको वाक नेपालले जनाएको छ।
विपद्को समयमा संस्थागत तथा मानवीय उत्तरदायित्व निर्वाह गर्दै पीडित नागरिकको सहयोगका लागि वाक नेपालले गरेको यो पहलले सामाजिक सहकार्य र एकताको सन्देश दिएको छ।




