कर्णाली-कर्णाली प्रदेशमा रु ११ अर्ब ५० करोड बराबर १६ हजार विपद् जोखिम घरहरुको प्राकृतिक विपद् बिमा गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित ‘घर बिमा शुभारम्भ कार्यक्रम’मार्फत पहिलो चरणमा यहाँका १५ स्थानीय तहका २१३ वडाका १६ हजार ७२ घरको विपद् बिमा भएको सार्वजनिक गरिएको हो
परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल
साँफेबगर – सशस्त्र प्रहरी बल खप्तड गुल्मका गुल्मपतीलाई स्वागत गरिएको छ। साँफेबगर एयरपोर्ट बजार व्यवस्थापन समितिको आयोजनामा सशस्त्र प्रहरी बल खप्तड गुल्म साँफेबगर अछाममा सरुवा भइ आउनु भएका सशस्त्र प्रहरी नायब उपरीक्षक दिपेन्द्र बहादुर थापालाई स्वागत गरिएको हो । बजार व्यवस्थापन समिति अध्यक्ष रामबहादुर कुँवरको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा बजार
साँफेबगर – महालक्ष्मी मेहन्दी कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ। महालक्ष्मी विकास बैंक लिमिटेड साँफेबगर अछाम शाखाको आयोजनामा मेहन्दी कार्यक्रम सम्पन्न भएको छ । बैंकले साँफेबगर बजार क्षेत्रका महिलाहरुलाई निमन्त्रणा गरि आफ्नै कार्यालयमा उक्त मेहन्दी कार्यक्रम सम्पन्न गरेको छ । यस्तै मेहन्दी कार्यक्रम विगतका वर्षहरुमा पनि बैंकले मनाउँदै आइरहेको बैंकका
काठमाडौँ । मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका ११ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ११ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । अवरुद्ध हुनेमा सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, पाँचथरस्थित तमोर करिडोर सडकखण्ड, पाँचथरस्थित मध्यपहाडी
अछाम जिल्ला साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वर निवासी हाल काठमाडौ अनामनगर बस्दै आउनु भएका जगत बहादुर कुँवर आज बिहान ५ बजे घरबाट मोर्निङ वाकमा जानु भएको र अहिले सम्म पनि परिवारको सम्पर्कमा नआउनु भएकोले देख्नुहुने महानुभावहरूले परिवारजन तथा आफन्तहरूलाई खबर गरिदिनहुन अनुरोध गरिन्छ । सम्पर्क नं छोरा
अछाम – तालिममा सिकेको सिपलाई सहि सदुपयोग गर्नुपर्ने मङ्गलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले बताउनुभएको छ । मङ्गलसेन नगरपालिकाको आयोजनामा भएको ४५ दिने सिलाईकटाई सिप विकास तालिमको समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बाेहराले सिप सिकेर मात्रै नहुने भन्दै व्यवहारिक रुपमा लागु गर्नुपर्ने बताउनुभएको हो ।
कैलाली । कैलालीको गोदावरी नगरपालिका–९ का ३५ वर्षीय राजेश बिसी माथि सार्वजनकि ठाउँमा जातीय विभेद गरेको आरोपमा स्थानीय एक जना पक्राउ परेका छन्। प्रहरीले सोही नगरपालिका –२ बस्ने भगवति लेखापढी कानुनी प्ररामर्श केन्द्र अत्तरियाका संचालक ४२ वर्षीय भोजराज जोशीलाई पक्राउ गरेको हो। आरोपित जोशीविरुद्ध असार ११ मा जाहेरी परेपछि
असार १५,प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा
सुरत सुनार अछाम २०८२ असार ,अछाम जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ८ स्थित कालिका माविका छात्रा भावना सावदले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जिल्लामै उत्कृष्ट जिपिए ल्याउँदै सबैको ध्यान तान्न सफल भएकी छन्। शिक्षा विकास तथा समन्वय इकाई अछामका अनुसार, भावना साउद र किण्डर गार्डेनका एलिशा कुँवर