साँफेबगर – सशस्त्र प्रहरी बल खप्तड गुल्मका गुल्मपतीलाई स्वागत गरिएको छ।
साँफेबगर एयरपोर्ट बजार व्यवस्थापन समितिको आयोजनामा सशस्त्र प्रहरी बल खप्तड गुल्म साँफेबगर अछाममा सरुवा भइ आउनु भएका सशस्त्र प्रहरी नायब उपरीक्षक दिपेन्द्र बहादुर थापालाई स्वागत गरिएको हो ।
बजार व्यवस्थापन समिति अध्यक्ष रामबहादुर कुँवरको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा बजार समितिका पदाधिकारी , सल्लाहकार, जनप्रतिनिधि , समाजसेवी पत्रकार लगायत बजारबासीको सहभागिता रहेको थियो ।
कार्यक्रममा डिएसपी थापाले आफू यस खप्तड गुल्ममा रहुन्जेल जनतासंग प्रत्यक्ष जोडिएर काम गर्ने, सहकार्य गर्ने र बजार समितिलाई आफ्नो तर्फबाट भरपूर सहयोग रहने बताउनु भयो ।


