साँफेबगर । अछाममा पाँच करोड भन्दा बढीको विद्युत विक्री भएको छ । नेपाल विद्युत प्राधिकरण अछाम वितरण केन्द्रले एक वर्षमा पाँच करोड ९३ लाखको विद्युत बिक्री गरेको हो । गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाका १९ हजार ८ सय ७३ ग्राहकलाई उक्त रुपियाँ बराबरको विद्युत बिक्री
एकेन्द्र महता अछाम- अछाममा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको ढकारी गाउँपालिका– ४ घर भई हाल कैलालीको मोहन्याल गाउँपालिका–१ बस्ने ४९ वर्षीय धर्म सिंह थापा शनिबार दिउँसो बाघको आक्रमणमा परि गम्भीर घाइते भएका हुन् । थापा ससुराली दाउन्मोराबाट आफ्नो घर भिरमुड फर्किँदै गर्दा बसन्त सामुदायिक
काठमाडौं– मुलुकी अपराध संहिता, २०७४ को धारा १७५ संशोधन गरी बहुविवाहलाई विशेष अवस्थामा कानुनी मान्यता दिने सरकारको प्रस्तावित मस्यौदाविरुद्ध महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले गम्भीर आपत्ति जनाएको छ। सञ्जालले उक्त मस्यौदाले महिला अधिकार, संविधानिक मूल्य, र अन्तर्राष्ट्रिय सन्धिहरूमाथि प्रत्यक्ष हमला गरेको आरोप लगाएको छ। सार्वजनिक मस्यौदामा विवाहित
साँफेबगर । मातृभूमि जागरण अभियान नेपाल साँफेबगर नगर समितिको दोस्रो विस्तारित बैठक साँफेबगरमा सम्पन्न भएको छ । मातृभूमि जागरण अभियान नेपाल साँफेबगर नगर समितिका संयोजक ढकेन्द्र कुँवरको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकका प्रमुख अतिथि मातृभूमि जागरण अभियान नेपाल समन्वय तथा सम्पर्क समितिका संयोजक प्रकाश शाह रहनु भएको थियो ।
काठमाडौँ —मुलुकी अपराध संहिता लागू भएको दिन १ भदौ २०७५ देखि पूर्णतः निषेध रहेको बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी सरकारले कानुन ल्याउन लागेको छ । विवाहित पुरुषले अर्की महिलासँग सम्बन्ध विस्तार गर्दा गर्भ रहे वा बच्चा जन्मिए दोस्रो विवाह कायम हुने गरी संहिताको धारा १७५ संशोधन गर्न
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै तथा तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी आज राति कोशी, मधेस, वाग्मती, गण्डकी प्रदेशलगायत देशका पहाडी भागका
काठमाडौँ।आफू बस्ने ठाउँ स्वर्गभन्दा पनि प्यारो लाग्छ भन्छन्, तर डोटीकी अम्बिका आउजीलाई आफ्नो थातथलोको नामले सधैँ अपमान महसुस भइरह्यो । उहाँले मात्र होइन, टोलछिमेकका अधिकांश दलित समुदायका व्यक्तिले वर्षौँदेखि यस्तै महसुस गरिरहे । “आउजी÷ढोली बाडामा बस्छु भन्न पनि अपमान महसुस हुन्छ । आफ्नै ठाउँको नाम लिन नपाए हुन्थ्यो जस्तो लाग्छ
काठमाडौँ।सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो । कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल
साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् ।
काठमाडौँ । दलित महिला सङ्घ (फेडो) को संस्थापक अध्यक्ष दुर्गा सोब हाल नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का उपाध्यक्ष हुन् । उपाध्यक्ष सोबले दलित महिलाको आर्थिक, सामाजिक र राजनीतिक अधिकारका निम्ति ३१ वर्ष अघि फेडो स्थापना गरेकी थिइन् । उनी हाल सो संस्थाको संरक्षक हुन्। दलित समुदायले भोग्दै