‎महालक्ष्मी विकास बैंक साँफेबगरद्वारा “महालक्ष्मी मेहन्दी कार्यक्रम”सम्पन्न


पैरवी खबर


‎साँफेबगर – महालक्ष्मी मेहन्दी कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ। महालक्ष्मी विकास बैंक लिमिटेड साँफेबगर अछाम शाखाको आयोजनामा मेहन्दी कार्यक्रम सम्पन्न भएको छ ।
‎बैंकले साँफेबगर बजार क्षेत्रका महिलाहरुलाई निमन्त्रणा गरि आफ्नै कार्यालयमा उक्त मेहन्दी कार्यक्रम सम्पन्न गरेको छ । यस्तै मेहन्दी कार्यक्रम विगतका वर्षहरुमा पनि बैंकले मनाउँदै आइरहेको बैंकका शाखा प्रबन्धक पुनित शाहले बताउनु भयो । कार्यक्रममा साँफेबगर नगरपालिकाका पुर्व नगर उप- प्रमुख विर्मला देवी बुड्थापाले अतिथिको रुपमा सहभागिता जनाउनु भएको थियो ।

‎श्रावण महिनामा महिलाहरूले मेहन्दी लगाउने परम्परा धार्मिक, सांस्कृतिक र सौन्दर्यात्मक कारणहरूबाट प्रेरित छ।
‎श्रावण महिना भगवान शिवको प्रिय महिना मानिन्छ। यस समयमा विशेष गरी हिन्दू महिलाहरू व्रत, पूजा, र शिवको आराधना गर्ने गर्छन ।
‎मेहन्दीलाई  सौभाग्यको प्रतीक मानिन्छ, त्यसैले भगवानको पूजा गर्दा आफूलाई शुद्ध र सिँगारिएको रूपमा प्रस्तुत गर्न मेहन्दी लगाइन्छ।
‎विवाहित महिलाहरूले आफ्ना पतिको दीर्घायु, सुख-शान्तिको कामना गर्दै श्रावण सोमबारको व्रत बस्छन् र मेहन्दी लगाउँछन्।
‎मेहन्दीलाई सौभाग्यवती स्त्रीको चिन्ह पनि मानिनुका साथै  त्यसैले यो लगाउँदा वैव विश्वास गरिन्छ। जीवनमा मिठास र प्रेम बढ्ने विश्वास गरिन्छ ।
‎श्रावण महिनामा तीज, नाग पञ्चमी, र अन्य चाडपर्वहरू पर्दछन्। यी पर्वहरूमा महिला-केन्द्रित कार्यक्रमहरू, नाचगान, र सिँगारपाटी हुने भएकाले मेहन्दी एक अभिन्न अङ्ग बनेको छ।

‎साथीभाइबीच मिलेर मेहन्दी लगाउने कार्यक्रमहरूले सामाजिक सम्बन्ध मजबुत बनाउँछ।