सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नजीर मियाँले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गएका हुन् । श्री भट्ट सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्री भएका हुन् । सत्ता समीकरणमा आएको परिवर्तनसँगै
बाजुरा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई घाइते भएका छन् । गए रातिदेखिको अविरल वर्षापछि स्थानीय ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर
मिलन नाथ | मंगलसेन, अछाम | २७ साउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मंगलसेन नगर समितिको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर मंगलसेन बजार क्षेत्रमा सरसफाइ अभियान तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सरसफाइ अभियानअन्तर्गत मंगलसेन बजारस्थित खुला मञ्च तथा दरबार क्षेत्र, षोडशादेवी मन्दिर, बीच बजारमा रहेको धर्मेश्वर महादेव मन्दिर र
पवित्रा खड्का | साउन २७, अछाम अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा ‘परिवर्तनका संवाहक युवा’ विषयक वक्तृत्वकला प्रतियोगिता मंगलसेनमा सम्पन्न भएको छ। जिल्ला युवा सञ्जाल अछाम, अछाम जेसीज वर्ष २०२६ तथा नगर युवा सञ्जाल मंगलसेनको संयुक्त आयोजनामा भएको प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसबाट १३ जना विद्यार्थीले सहभागिता जनाएका थिए।
साँफेबगर–११, देविस्थानमा साहित्य र मौलिक संस्कृतिको संगम, ‘हियाका कुडा’ गजल सङ्ग्रहको गृहजिल्ला स्वागत साँफेबगर । अछामको साँफेबगर नगरपालिका–११ देविस्थानमा ‘सौरणी मेटाउनाका निउती’ नामक गौड्या भिट कार्यक्रम सम्पन्न भएको छ। अछाम गजल मञ्च अछामको आयोजना तथा वडा नम्बर ११ देविस्थानको सहयोगमा २०८३ साउन २३ गते कार्यक्रम सम्पन्न भएको हो। साहित्य र
मंगलसेन अछाम सार्वजनिक यातायात प्रा.लि.को तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। मंगलसेनमा सम्पन्न साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको हो। साधारण सभाबाट अध्यक्षमा झंकर प्रसाद भाट चयन हुनु भएको छ। वरिस्ठ उपाध्यक्षमा प्रकाश भाट र उपाध्यक्षमा जीवन प्रसाद खनाल र मान बहादुर बुढा चयन हुनु भएको छ भने महासचिवमा
काठमाडौं, साउन २२। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले आज काठमाडौंमा स्वर्गीय अजित मिजारका परिवारसँग भेट गरी उहाँको मृत्यु प्रकरण तथा न्यायप्राप्तिसँग सम्बन्धित विषयमा विस्तृत छलफल गर्नुभएको छ। भेटका क्रममा परिवारले वर्षौंदेखि न्यायको प्रतीक्षामा रहँदा भोग्नुपरेका पीडा, अनुभव तथा न्यायप्राप्तिप्रतिको आफ्नो अपेक्षा मन्त्रीसमक्ष राख्नुभएको
अछाम, साउन १७ — अछामको चौरपाटी गाउँपालिका–५ गहिल (गड्सिल) निवासी करिब ३० वर्षीया खिना खड्काको आइतबार बिहान करिब ६ बजे साँफेबगर नगरपालिका–१ बैजनाथ र वडा नं. ७ रिडिकोट जोड्ने झोलुङ्गे पुलबाट हाम फाल्दा मृत्यु भएको छ। पदम खड्काकी श्रीमती रहेकी खिना खड्काको मानसिक सन्तुलन गुमेको बताइएको छ । उनका दुई
साँफेबगर – अछामको साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वरमा शनिबार कोदो दिवस–२०८३ विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। WE CAN परियोजनाको आयोजना तथा WHH, पिसविन, वाक नेपाल र समविकास नेपालको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो। कोदो बाली संरक्षण र प्रबर्द्धन साथै पोषण सुरक्षा सम्बर्द्धन भन्ने नाराका साथ आयोजित कार्यक्रममा कोदोको
साँफेबगर – अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ४ पायलमा शनिबार कोदो दिवस–२०८३ विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। WE CAN परियोजनाको आयोजना तथा WHH, पिसविन, वाक नेपाल र समविकास नेपालको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो। कोदो बाली संरक्षण र प्रबर्द्धन साथै पोषण सुरक्षा सम्बर्द्धन भन्ने नाराका साथ आयोजित कार्यक्रममा कोदोको