अछाम, साउन १७ — अछामको चौरपाटी गाउँपालिका–५ गहिल (गड्सिल) निवासी करिब ३० वर्षीया खिना खड्काको आइतबार बिहान करिब ६ बजे साँफेबगर नगरपालिका–१ बैजनाथ र वडा नं. ७ रिडिकोट जोड्ने झोलुङ्गे पुलबाट हाम फाल्दा मृत्यु भएको छ।
पदम खड्काकी श्रीमती रहेकी खिना खड्काको मानसिक सन्तुलन गुमेको बताइएको छ । उनका दुई छोरी र एक छोरा रहेका छन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


