समाचार

नवलपुरको बुलिङटार-१ जिल्लाकै पहिलो छुवाछुत मुक्त वडा घोषणा

कावासोती । नवलपुरको बुलिङटार गाउँपालिकाको वडा नम्बर १ लाई छुवाछुतमुक्त वडा घोषणा गरिएको छ । दलित जागरण अभियानको पहलमा वडालाई छुवाछुतमुक्त घोषणा गरिएको हो । वडाअध्यक्ष दिलबहादुर सूर्यवंशी र दलित जागरण अभियानका जिल्ला अध्यक्ष भिमबहादुर परियारले श्वेतपत्रमा हस्ताक्षर गरेर अभियान शुभारम्भ भएको घोषणा गरिएको हो । बैशाख ३० गतेदेखि लागू

पैरवी खबर

झप्पर कुँवर स्मृति प्रतिक्षालयको सार्वजनिक सुनुवाइ

साँफेबगर बैशाख २७ गते । साँफेबगर नगरपालिका वडा नं.४ एयरपोर्ट बजारमा निर्मित स्व.कमरेड झप्पर कुँवर स्मृति प्रतिक्षालयको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । आ.व.२०७९/०८० सुदूरपश्चिम प्रदेश सरकारको विनियोजन रकम रु. १० लाख आर्थिक सहयोगद्वारा निर्मित प्रतिक्षालयको सार्वजनिक सुनुवाइ आज सम्पन्न गरिएको हो । उपभोक्ता समिति अध्यक्ष भरत बहादुर कुँवरको


पैरवी खबर
बाजुरामा आँखा शिविर : ज्येष्ठ नागरिक खुसी

शेरबहादुर सार्की  बाजुरा, वैशाख २६ गते। बाजुरामा सञ्चालन गरिएको आँखा शिविरले ज्येष्ठ नागरिकमा खुसी ल्याएको छ। दुर्गम गाउँ बस्तीमा रहेका विपन्न परिवारलाई लक्षित गरेर स्थानीय तह र एकएक पाइला अभियानको सहयोगमा बुढीगङ्गाको टाँटे स्वास्थ्य र बुढीनन्दाको कोल्टी स्वास्थ्य केन्द्रमा पाँच दिने आँखा शिविर सञ्चालन गरिएको हो। आर्थिक अभावका कारण राम्रो ठाउँमा


पैरवी खबर
ग्यास सिलिण्डर बोकेको ट्रक भासु भिरमा खस्यो

धनगढीः कैलालीको भासु भिरमा ट्रक खसेको छ। आइतबार राति १ बजे दार्चुलाबाट धनगढी आउँदै गरेको खाली ग्यास सिलिण्डर बोकेको मालबाहक सवारी भासु भिरमा दुर्घटना भएको हो। जिल्लाको चुरे गाउँपालिका–५ खानीडाडास्थित भासु भिरमा ७/८ सय मिटर तल ट्रक खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। धनगढी उपमहानगरपालिका–५ तारानगरका राजेन्द्रप्रसाद बिष्टको सुदूरपश्चिम


पैरवी खबर
१२ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

२५ वैशाख, काठमाडौं । सरकारले १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । विभिन्न अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत १२ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्न लागेको हो । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले सोमबार ३० अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । जसमध्ये १८


पैरवी खबर
बालबालिकालाई स्टेशनरी सहयोग

बालबालिकालाई स्टेश्नरी सहयोग एकेन्द्र महता मेल्लेख । अछाम जिल्लाको मेल्लेख गाउँपालिका स्तरिय बाल अधिकार समितिद्धारा गाउँपालिकाको बाल कोषबाट बालबालिकालाई स्टेश्नरी सहयोग गरिएको छ। गाउँपालिकाको वडा नम्बर १ देखि ८ सम्मका अति जोखिममा रहेका, विपन्न, असहाय तथा अपांगता भएका २४ जना बालकबालिकालाई स्टेश्नरी सहयोग गरिएको हो। मेल्लेख गाउँपालिकाको सहजीकरणमा २४ जना


पैरवी खबर
बैशाख १६ मा “साफेबगर महफिल” हुँदै

अछाम : जिल्लाको सुन्दरी नगरी साँफेबगरमा साँफेबगर मेहफिल हुने भएको छ । धार्मिक, पर्यटकिय तथा व्यावसायिक महत्व बोकेको साँफेबगरमा साँफेबगर मेहफिल हुन लागेको हो । जिल्लाको मुख्य व्यापारिक केन्द्र रहेको साँफेबगरमा साहित्यिक कार्यक्रम अन्र्तगत मेहफिल हुन लागेको साहित्यकार तथा हेल्प अछामका अध्यक्ष हिमाल उदासीले बताए । साहित्यक सर्जकहरुको पहिचान, सृजनशिल युवा


पैरवी खबर
नेपाल कम्युनिष्ट पार्टी पश्चिम अछाम र प्रमुख जिल्ला अधिकारीबीच भेटघाट

खेमराज बुढा, १२ बैशाख, अछाम । नेपाल कम्युनिष्ट पार्टी पश्चिम अछाम र प्रमुख जिल्ला अधिकारीबिच भेटघाट भएको छ। भेटघाटमा जिल्लाका समसामयिक विषयमा छलफल भएको छ। जिल्ला पार्टी कार्यालय साफेबगरमा राखेको सुझाव तथा जनउजुरी पेटिकामा जनताका विभिन्न समस्या संग सम्बन्धित आधा दर्जन भन्दा बढी उजुरी प्राप्त भएपछि ति उजुरीकाे विषयमा छलफल


पैरवी खबर
अन्तरजातीय विवाह गरेका दम्पती धनगढीमा सम्मानित

धनगढीः अन्तरजातीय विवाह गरेका दम्पती धनगढीमा सम्मानित भएका छन्। नेपाल दलित मुक्तिमोर्चा सुदूरपश्चिम प्रदेश समितिद्धारा अन्तरजातीय विवाह गरेका पत्रकार धनराज विक र जनकलाकार विष्ना विसी नमुना जोडीको रुपमा धनगढीमा सम्मानित भएका हुन्। मुक्तिमोर्चा सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनका प्रमुख परशुराम रम्तेल र मोर्चाका केन्द्रीय संयोजक दलजीत श्रीपालीले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका


पैरवी खबर
मंगलसेन नगरपालिकाले दियो बजार अनुगमनमा तिव्रता

अछाम : मङ्गलसेन नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ । अहिले पनि बजार क्षेत्रमा म्याद सकिएका खाद्यान्न बिक्री वितरण भइरहेको, नगरपालिकाले पटकपटक अनुरोध गर्दापनि अटेर गरेर बजार क्षेत्र भित्र तरकारी, मासुजन्य पदार्थ बेचबिखन गरिरहेको र बजार क्षेत्रको फोहोर व्यवस्थापन भएन भन्ने गुनासो बढेपछि आज सोमबार बजार अनुगमन गरिएको हो ।


पैरवी खबर