तिर्थ नेपाली
रोजगारीका लागि भारत गएका डोटीका एक युवा ६ दिन देखि वेपत्ता भएका छ्न् ।
डोटी जिल्लाको पुर्विचौकी गाउँ पालिका वडा नं.५ काडामाण्डौ (धानुकाँडा)का शान्त नेपालीका २२ वर्षीय छोरा रोशन नेपाली भारतको चारबङ्गला भन्ने ठाउँ बाट फेब्रुअरी ५ तारिखका दिन राती करिब ११ बजेको समयमा कोठाबाट निस्केर(ईन्टरनेट) वाईफाई चलाउछु भनि कोठा बाहिर बसेको र त्यही समयदेखि बेपत्ता भएको उनकी श्रीमतीले बताइन् ।
फेब्रुअरी १० तारीख सम्म पनि रोशन कुनै आफन्त र परिवारको सम्पर्कमा नआउँदा परिवार सार्है चिन्तित रहेको छ ।
परिवारले भारत जस्तो बिरानो देशमा २२ वर्षीय रोशन नेपालीको खोजी गरिदिन सम्पुर्ण प्रवासी दाजु भाइ तथा दिदिबहिनीहरुमा अपिल गरेका छन।
रोजगारीका लागि रोशनको सम्पुर्ण परिवार भारतमा रहेका छ्न् । रोशनकी ७ महिनाकी छोरी र श्रीमती रहेकी छिन् ।
राेशन लाई देख्नु हुने महानुभावले उनका आफ्नहरुको फोन नम्बर 7710911390 र 7506731323 सम्पर्क गर्न सक्ने छ्न् ।


