साँफेबगर – बुढाकोट माविद्वारा आयोजना गरिएको सरस्वती पुजामा विभेद गर्ने ब्राह्मणले आत्माआलोचना गर्दै माफी मागेका छन ।
साँफेबगर नगरपालिका वडा नम्बर ९ स्थित बुढाकोट माविमा सरस्वती पुजाको क्रममा स्थानीय ब्राह्मण चेतराज भट्टले जातीय विभेद गरेका थिए ।
ब्राह्मण भट्टले सोही विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष सर्जन परियार लाई टीका लगाउन नमानेर पातमा टीका राखेर भुइँमा राखेका थिए ।
परियारले आफुलाई सार्वजनिक स्थलमा अपमान जनक जातीय विभेद भयो भनेर विभिन्न मिडियालाई सुचना गराउनुका साथै वडा कार्यालय र विद्यालयमा निवेदन दिए ।
उहाँले दिएको निवेदन अनुसार छलफल गराउन तत्काल विद्यालय प्रशासन र वडा कार्यालयले दुइटै पक्षलाई बोलाइ सहमति गरेको छ ।
छलफलमा भट्टले आफुले मन्दिरमा विभेद गरेको स्वीकार गरेका छन । उहाँले आत्माआलोचना गरि भन्नु भयो “अब देखि मठ मन्दिर र सार्वजनिक स्थलमा कुनैपनी विभेद गर्ने छैन “। सहमति पत्रमा उल्लेख छ ।


