समाचार

कांग्रेसको १५ औँ महाधिवेशन : प्रदेश प्रतिनिधिमा विक्रम स्वारको उम्मेदवारी

अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै अछाम -१ बाट बिक्रम स्वारले प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्। स्वारले आफ्नो उम्मेदवारीमार्फत संगठन सुदृढीकरण, कार्यकर्ताको सम्मान र पार्टीमा एकताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनको प्रचार सामग्रीमा अनुभव र सुदृढ संगठन, सक्रिय तथा इमानदार नेतृत्व, संगठनमा नयाँ

पैरवी खबर

बाढी, पहिरोलगायत विपद्बाट ४ दिनमा १५ जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत विपद्बाट ४ दिनमा १५ जनाको मृत्यु भएको छ । विपद्मा परी बागमती प्रदेशमा तीन, लुम्बिनीमा चार, गण्डकीमा पाँच, कर्णालीमा दुई र मधेस प्रदेशमा एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिनुभयो । विपद्का घटनामा चार जना घाइते भएका छन् ।


पैरवी खबर
अछामको चौखुट्टे नजिक सडक चिरा परेर भासियो, ठूला सवारीसाधन आवागमन प्रभावित

अछाम । अछामको चौरपाटी गाउँपालिका–६ दुनीस्थित पहलमानसिंह स्वाँर मार्ग (हाइवे) सडकखण्डमा सडक चिरा परेर भासिएपछि ठूला सवारीसाधनको आवागमन प्रभावित भएको छ। बिहीबार बिहान करिब ८ बजे अविरल वर्षाका कारण करिब १५/२० मिटर सडक चिरा परी भासिएको प्रहरीले जनाएको छ। सडकको अवस्था जोखिमपूर्ण रहेकाले साना सवारीसाधन भने सावधानीपूर्वक पार गर्न सक्ने


पैरवी खबर
अछामबाट लामो दूरीका सवारीसाधन सञ्चालनमा दुई दिन रोक

अछाम । निरन्तर वर्षाका कारण बाढी, पहिरो लगायतका विपद्जन्य जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय अछामले लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न अछामबाट छुट्ने दिवा तथा रात्रिकालीन सबै लामो दूरीका सवारीसाधन २०८३ असोज १० र ११ गते पूर्णरूपमा सञ्चालन नगर्न प्रशासनले निर्देशन


पैरवी खबर
बान्नीगढीमा जातीय छुवाछुतको हद : जयगढमा दलितले ल्याएको दूध डेरीले किन्दैनन्

अछाम : नेपालको संविधानको धारा २४ ले छुवाछूत तथा भेदभावविरुद्धको हक सुनिश्चित गर्दै कुनै व्यक्तिलाई जात, जाति वा उत्पत्तिका आधारमा वस्तु, सेवा वा सुविधा खरिद वा प्राप्त गर्नबाट रोक लगाउन नहुने स्पष्ट व्यवस्था गरेको छ। जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ ले पनि यस्तो


पैरवी खबर
साँफेबगरमा मालिका पोलिक्लिनिक आफ्नै भवनमा सर्‍यो, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट

अछाम । साँफेबगर नगरपालिका–४ मा रहेको मालिका पोलिक्लिनिक प्रा.लि. थप व्यवस्थापन र सेवा–सुविधासहित आफ्नै नवनिर्मित भवनमा सरेको छ। लामो समयदेखि साँफेबगरमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको पोलिक्लिनिकले आफ्नै भवनबाट थप व्यवस्थित र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने जनाएको छ। नयाँ भवनमा सरेको अवसरमा आज पोलिक्लिनिकमा आउने बिरामीलाई औषधिमा ३० प्रतिशत


पैरवी खबर
मेल्लेख गा.पा.को सार्वजनिक सुनुवाइमा दलित प्रतिनिधिप्रति अभद्र अभिव्यक्ति भएको भन्दै आपत्ति

अछाम । मेल्लेख गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा दलित प्रतिनिधिको हैसियतमा आच आउने गरी गाउँपालिका उपाध्यक्षबाट अपमानजनक तथा विभेदपूर्ण अभिव्यक्ति आएको भन्दै दलित उत्पीडित सेवा समाज, मेल्लेख गाउँपालिकाले आपत्ति जनाएको छ। समाजले सार्वजनिक सुनुवाइमा नागरिकले प्रश्न गर्न पाउने अधिकार रहेको उल्लेख गर्दै जातीय वा सामाजिक पृष्ठभूमिका आधारमा अपमानजनक व्यवहार नगर्न


पैरवी खबर
मेल्लेख गा.पा.को सार्वजनिक सुनुवाइमा दलित प्रतिनिधिप्रति अभद्र अभिव्यक्ति भएको भन्दै आपत्ति

अछाम । यहि असोज ७ गते मेल्लेख गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा दलित प्रतिनिधिको हैसियतमा आच आउने गरी गाउँपालिका उपाध्यक्षबाट अपमानजनक तथा विभेदपूर्ण अभिव्यक्ति आएको भन्दै दलित उत्पीडित सेवा समाज, मेल्लेख गाउँपालिकाले आपत्ति जनाएको छ। समाजले सार्वजनिक सुनुवाइमा नागरिकले प्रश्न गर्न पाउने अधिकार रहेको उल्लेख गर्दै जातीय वा सामाजिक पृष्ठभूमिका


पैरवी खबर
सेवाग्राहीको सहजताका लागि साँफेबगर- १२ खप्तड वडा कार्यालयको विशेष सेवा

अछाम । साँफेबगर नगरपालिका–१२, खप्तड वडा कार्यालयले कैलाली, कञ्चनपुर तथा भारतका विभिन्न स्थानमा बसोबास गर्ने सामाजिक सुरक्षा भत्ता सेवाग्राहीलाई लक्षित गरी सञ्चालन गरेको ३ दिने नवीकरण सेवा सम्पन्न भएको छ। सेवा अवधिमा ज्येष्ठ नागरिक, एकल महिला तथा बालबालिकालगायत ३९ जना सेवाग्राहीले सामाजिक सुरक्षा भत्ता नवीकरण गराएका छन् भने एक जनाले


पैरवी खबर
विद्यालयमै जातीय विभेद : शिक्षकले पिउँदैनन् दलित विद्यार्थीले छोएको पानी, कार्यालय सहयोगीको भान्सा वर्जित

रीता बुढाथोकी कैलाली । विद्यालयलाई बालबालिकाले समानता, सहअस्तित्व र मानवताको पाठ सिक्ने ठाउँ मानिन्छ । तर कैलालीको गौरीगङ्गा नगरपालिका-६ स्थित भैरव प्राथमिक विद्यालयमा भने शिक्षक-शिक्षिकाबाटै दलित विद्यार्थी र कर्मचारीमाथि जातीय विभेद हुने गरेको पाइएको  छ । विद्यालयकै शिक्षक-शिक्षिकाबाट विद्यालयमा अध्ययनरत दलित विद्यार्थी, दलित सुमदायकी कार्यालय सहयोगीमाथि लामो समयदेखि प्रत्यक्ष तथा अप्रत्यक्ष


पैरवी खबर