अछाम । (पहुँच र सिर्जनाका लागि सहकार्य नेपाल) वाक नेपाल अछामको २९औँ वार्षिक सभा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। अछामको साँफेबगरमा आयोजित कार्यक्रममा संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका गतिविधि, उपलब्धि, चुनौती, आर्थिक अवस्था तथा आगामी कार्ययोजनाबारे समीक्षा गरिएको थियो। वाक नेपालका अध्यक्ष मीनबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न
साँफेबगर । वाक नेपाल अछामको २९औँ वार्षिक सभा तथा सामाजिक परीक्षण कार्यक्रम प्रारम्भ भएको छ । कार्यक्रम साँफेबगरस्थित धुर्वतारामा होटलमा भैरहेको छ । कार्यक्रममा संस्थाले वर्षभरि सञ्चालन गरेका विभिन्न सामाजिक तथा विकासमूलक गतिविधि, उपलब्धि, आर्थिक तथा सामाजिक पक्षको समीक्षा एवं सार्वजनिक छलफल गरिने जनाइएको छ। सामाजिक परीक्षणमार्फत संस्थाका कामकारबाहीलाई थप
साँफेबगर । अछामको साँफेबगर नगरपालिका–४ झोलुङ्गे पुलमा चट्याङको झिल्का लागेर १५ वर्षीया किशोरी घाइते भएकी छन्। इलाका प्रहरी कार्यालय साँफेबगरका अनुसार मिति २०८३ असोज २३ गते बिहान करिब ११ः३० बजे आफ्नै घरमा बसिरहेकी नृप ठक्कुलाकी छोरी एलिना ठक्कुला चट्याङको झिल्का लागेर बेहोस भएकी हुन्। घाइते किशोरीलाई उपचारका लागि दिउँसो १२ः४०
अछाम । मंगलसेन नगरपालिकाले नगरका १४ वटै वडामा वडा तहका युवा सञ्जाल गठन गर्ने भएको छ। युवाको नेतृत्व तथा व्यक्तित्व विकाससँगै उनीहरूलाई सामाजिक कार्यमा अग्रसर गराउने र युवाका सवाललाई स्थानीय तहमा प्रभावकारी रूपमा उठान गर्ने उद्देश्यले नगरपालिकाले वडा तहमा युवा सञ्जाल गठन गर्न लागेको हो । पहिलो चरणमा सबै वडामा
अछाम । विश्व दृष्टि दिवस अछाममा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। ‘आँखालाई माया गरौँ, दृष्टि जोगाऔँ’ भन्ने नाराका साथ नेपाल नेत्रज्योति संघ, मंगलसेन आँखा उपचार केन्द्र र षोडशादेवी माध्यमिक विद्यालयको समन्वयमा दिवस मनाइएको हो। दिवसको अवसरमा षोडशादेवी माध्यमिक विद्यालयमा अध्ययनरत टुहुरा बालबालिकालाई एकदिने निःशुल्क आँखा जाँच तथा परामर्श
साँफेबगर । अछामको साँफेबगर नगरपालिका वडा नम्बर ४, मष्टामाण्डौँमा वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। वडा अध्यक्ष नवराज बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु, जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक टेक बहादुर कुँवर, स्वास्थ्य इन्चार्ज शेर बहादुर भुल, बाल सञ्जाल प्रतिनिधि पुस्तिका बुढा, वाक नेपालका
साँफेबगर । साँफेबगर नगरपालिका–१४ पातलकोटमा स्तनपान कक्ष निर्माणका लागि पैरवी अभियान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। डब्लूएचएच, पीसविन, वाक नेपाल र समविकास नेपालको साझेदारीमा सञ्चालित पोषण सुरक्षा सुधारका लागि जलवायु उत्थानशील कृषि प्रणालीमा महिला सहभागिता (WE-CAN) परियोजनाको सहयोग तथा वडा कार्यालय पातलकोटको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा
साँफेबगर । वाक नेपाल अछामको २९औँ वार्षिक सभा तथा सामाजिक लेखा परीक्षण कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम २०८३ असोज २४ गते बिहान १० बजे साँफेबगरस्थित होटल धुर्वतारामा आयोजना हुने भएको छ। कार्यक्रममा संस्थाले वर्षभरि सञ्चालन गरेका विभिन्न सामाजिक तथा विकासमूलक गतिविधि, उपलब्धि, आर्थिक तथा सामाजिक पक्षको समीक्षा एवं सार्वजनिक
साँफेबगर । विद्यालयमा रहेका समस्या तथा गुनासाहरुको सुनुवाई गरी समाधानका लागि पहल गर्ने उद्धेश्यले विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न भएको छ। साँफेबगर नगरपालिका वडा नम्बर ४ स्थित भगवती आधारभूत विद्यालयमा समितिका संयोजक टंकी कडायत बोहराको अध्यक्षतामा सम्पन्न बैठकमा यस महिनामा प्राप्त भएका २ वटा गुनासोका विषयमा छलफल गरिएको
अछाम । नेपालीहरूको प्रमुख चाड दशैं तथा तिहारलाई लक्षित गर्दै अछाममा नागरिक तथा यात्रुको सहजताका लागि विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। जिल्ला प्रहरी कार्यालय मंगलसेन, अछामका अनुसार चाडपर्वको समयमा यात्रुको आवतजावत बढ्ने भएकाले सुरक्षा तथा यात्रु सहजीकरणका लागि प्रहरी टोली खटाई सहायता कक्ष स्थापना गरिएको हो। सहायता