अछाम । साँफेबगर नगरपालिका–४ मा रहेको मालिका पोलिक्लिनिक प्रा.लि. थप व्यवस्थापन र सेवा–सुविधासहित आफ्नै नवनिर्मित भवनमा सरेको छ।
लामो समयदेखि साँफेबगरमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको पोलिक्लिनिकले आफ्नै भवनबाट थप व्यवस्थित र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने जनाएको छ।
नयाँ भवनमा सरेको अवसरमा आज पोलिक्लिनिकमा आउने बिरामीलाई औषधिमा ३० प्रतिशत छुट उपलब्ध गराइने अस्पताल प्रमुख रामबहादुर भण्डारीले बताउनु भयो।
पोलिक्लिनिकको नयाँ भवन प्रवेश कार्यक्रममा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुँवर, उपप्रमुख शिवबहादुर कुँवरलगायतको सहभागिता रहेको थियो।
पोलिक्लिनिकले नयाँ भवनबाट स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै स्थानीय नागरिकलाई थप सहज र गुणस्तरीय सेवा दिने जनाएको छ।



