साँफेबगर ।
अछामको साँफेबगर नगरपालिका वडा नम्बर ४, मष्टामाण्डौँमा वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
वडा अध्यक्ष नवराज बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु, जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक टेक बहादुर कुँवर, स्वास्थ्य इन्चार्ज शेर बहादुर भुल, बाल सञ्जाल प्रतिनिधि पुस्तिका बुढा, वाक नेपालका कर्मचारी रमेश भुल तथा आस्था नेपालका कर्मचारी भ्वान सिंह सार्की र धुर्व स्वार लगायतको उपस्थिति रहेको थियो।
बैठकमा वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझदारी र वाक नेपाल र आस्था नेपालद्वारा सञ्चालित एकीकृत विकासका लागि हातेमालो बाल कल्याण परियोजना सन् २०२६ को समिक्षा सहित २०२७ मा निरन्तर सञ्चालन गर्ने विषयमा छलफल भएको थियो।
साथै, आस्था नेपालद्धारा सञ्चालन हुने रुपान्तरण कक्षालाई जनकल्याण टोलमा सञ्चालन गर्ने र कक्षा सञ्चालनका लागि आवश्यक साथि शिक्षक छनौट प्रक्रिया वडा कार्यालय मार्फत छोटो अवधि लागि दरखास्त आव्शान गरी साथि शिक्षक छनोट गर्ने सम्बन्धमा समेत सहभागीहरु बीच सल्लाह तथा सहमति भएको छ।
बैठकले बालबालिकाको अधिकार संरक्षण, क्षमता विकास तथा उनीहरुको शैक्षिक र सामाजिक विकासका लागि स्थानीय तह, विद्यालय, बाल सञ्जाल तथा गैर सरकारी संस्था बीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिएको थियो।
वल्र्ड भिजन इन्टरनेशनलको साझोदारी आस्था नेपाल र वाक नेपालद्धारा उकीकृत विकासका लागि हातेमालो बालकल्याण परियोजना प्रभावकारी कार्यान्यवयनका लागि स्थानीय सरकारले सहयोग तथाच समन्वय गर्न तयार रहेको पनि बताईएको छ।


