वाक नेपालको २९ औँ वार्षिक सभा तथा सामाजिक लेखा परीक्षण हुँदै


पैरवी खबर

साँफेबगर । वाक नेपाल अछामको २९औँ वार्षिक सभा तथा सामाजिक लेखा परीक्षण कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रम २०८३ असोज २४ गते बिहान १० बजे साँफेबगरस्थित होटल धुर्वतारामा आयोजना हुने भएको छ।
कार्यक्रममा संस्थाले वर्षभरि सञ्चालन गरेका विभिन्न सामाजिक तथा विकासमूलक गतिविधि, उपलब्धि, आर्थिक तथा सामाजिक पक्षको समीक्षा एवं सार्वजनिक छलफल गरिने जनाइएको छ। सामाजिक लेखा परीक्षणमार्फत संस्थाका कामकारबाहीलाई थप पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउने उद्देश्य रहेको छ।

कार्यक्रममा लाभग्राही समेत सहभागी हुने र संचालन भएका कार्यक्रमकाे गुणस्तर समेतकाे समीक्षा र आगामी दिनकाे लागि सुझाव समेत संकलन गरिने जनाइएको छ ।

संस्थाले कार्यक्रममा सरोकारवाला निकाय, स्थानीय तहका प्रतिनिधि, नागरिक समाज, साझेदार संस्था तथा समुदायका प्रतिनिधिहरू र संस्थाका साधारण सदस्यहरुको सहभागिताका लागि आग्रह गरेको छ ।