सिउडी माविमा बालविवाह र लागूऔषध दुर्व्यसनविरुद्ध सडक नाटक प्रदर्शन


पैरवी खबर

अछाम । चौरपाटी गाउँपालिका–१ स्थित सिउडी माध्यमिक विद्यालयमा बालविवाह न्यूनीकरण तथा लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले सडक नाटक प्रदर्शन गरिएको छ।
चौरपाटी गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको सहभागिता रहेको थियो। नाटकमार्फत बालविवाहका नकारात्मक असर, किशोर–किशोरीको शिक्षा तथा भविष्यमा पर्ने प्रभाव, साथै लागूऔषध दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा पुर्‍याउने क्षतिबारे सन्देश प्रवाह गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले यस्ता सचेतनामूलक गतिविधिले बालविवाह र लागूऔषध दुर्व्यसन जस्ता सामाजिक समस्याविरुद्ध जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
गाउँपालिकाले समुदाय तथा विद्यालयस्तरमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।