६२९औँ परमेश्वर कबीर साहेब प्रकट दिवस विशेष आध्यात्मिक महासमागम


पैरवी खबर

धनुषा असार ११ । जगतगुरु तत्त्वदर्शी सन्त रामपाल जी महाराजको पावन उपस्थितिमा ६२९औँ परमेश्वर कबीर साहेब प्रकट दिवसको अवसरमा नेपाल तथा भारतका विभिन्न सतलोक आश्रमहरूमा आगामी असार १३ देखि १५ गतेसम्म (जुन २७–२९, २०२६) तीन दिवसीय भव्य आध्यात्मिक महासमागम आयोजना हुँदैछ ।


पूर्ण ब्रह्म कबिर उपासक समाज, नेपालको आयोजनामा हुने यस महासमागममा सन्त गरिबदास जी महाराजको अमरग्रन्थ साहेबको अखण्ड पाठ, आध्यात्मिक प्रवचन (सत्संग), विशाल निःशुल्क भण्डारा, रक्तदान शिविर, निःशुल्क नाम दीक्षा, दाइजोमुक्त विवाह तथा आध्यात्मिक प्रदर्शनी जस्ता भव्य कार्यक्रमहरु सञ्चालन गरिनेछन् । कार्यक्रमको विशेष आकर्षणको रूपमा कबीर साहेबको जीवन र शिक्षासम्बन्धी प्रदर्शनीसमेत राखिने भएको छ । यसका साथै भक्तजनहरूका लागि शुद्ध घिउमा तयार गरिएको स्वादिष्ट लड्डु र जलेबी प्रसादको पनि विशेष व्यवस्था गरिने आयोजकले जनाएका छन् ।

कबीर साहेब काशीको लहरतारा तलाउमा कमलको फूलमा सशरीर प्रकट हुनुभएको सम्झनामा प्रत्येक वर्ष मनाइने यो पावन दिवसलाई सन्त रामपाल जी महाराजको मार्गदर्शनमा अझ उल्लासपूर्ण र सार्थक बनाइने छ । कार्यक्रममार्फत कबीर साहेबको अमर शिक्षाहरूलाई प्रवर्द्धन गर्दै सामाजिक सद्भाव, मानव एकता, शान्ति र सच्चा आध्यात्मिक चेतनाको सन्देश फैलाइने छ ।
नेपालका विभिन्न सतलोक आश्रमहरूमा तथा भारतका आश्रमहरूमा समेत एकैसाथ आयोजना हुने यस महासमागममा सम्पूर्ण विश्वलाई हार्दिक निमन्त्रणा गरिएको छ । “यस पावन अवसरमा सबै दाजुभाइ दिदीबहिनीहरू परिवारसहित उपस्थित भई सत्य ज्ञान प्राप्त गर्न, प्रसाद ग्रहण गर्न र आध्यात्मिक उन्नतिको मार्गमा अघि बढ्न सबैमा हार्दिक आह्वान गरिएको छ ।

यस कार्यक्रमले आध्यात्मिक चेतना अभिवृद्धि गर्दै समाजमा सकारात्मक ऊर्जा फैलाउने विश्वास गरिएको छ ।

थप जानकारीको लागि नजिकैको सतलोक आश्रम वा पूर्ण ब्रह्म कबीर उपासक समाज, नेपालसँग सम्पर्क गर्न सकिनेछ ।