मंगलसेन नगरपालिकाले ल्यायो ६४ करोड ४५ लाख ४६ हजार रुपैयाँको बजेट


पैरवी खबर

अछामको मंगलसेन नगरपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि ६४ करोड ४५ लाख ४६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार नगरालिकाकी उपप्रमुख संगीता रावल सोडारीले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नुभएको हो । आगामी आर्थिक वर्षका लागि चालु तर्फ ४९ करोड र पुजगित तर्फ १५ करोड रुपैया विनियोजन गरिएको नगरपालिकाको बजेट वक्तव्यमा उल्लेख गरिएको सुचना अधिकारी बिष्णु प्रसाद जैशीले जानकारी दिनुभएको छ ।
कृषि शिक्षा, सवस्थ्य, पर्यटन र दिगो पुर्वाधार ः आत्म निर्भर मंगलसेनको बलीयो आधार भन्ने नारालाई सार्थकता पार्न नगरले बजेट ल्याएको हो । नयाँ बजेटमा स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण तथा पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई विशेष जोड दिइएको छ । त्यसैगरी गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवाको पहुँच विस्तार, पूर्वाधार विकास तथा सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रमहरूलाई समेत बजेटमा समेटिएको छ । नगरपालिकाले समृद्ध र आत्मनिर्भर मंगलसेन निर्माणका लागि विकासमुखी योजना कार्यान्वयनमा केन्द्रित हुने जनाएको छ ।
यस्तै नगरपालिकाले अधुरा तथा ंबहुवर्षीय आयोजनाहरु सम्पन्न गर्ने, बजेटको प्रभावकारी कार्यन्वयनका लागि योजना तर्जुमा, बजेट विनियोजन, कार्यन्वयन, अनुगमन, तथा मूल्याङ्घकन प्रक्रियाबीचको अन्तरसम्बन्धलाई सुदृढ बनाउदै नतिजामुखी कार्यसम्पादन प्रणली अवलम्बन गर्ने निति अघि बढाईने, संघ, प्रदेश, निजी क्षेत्र, सहकारी सामुदायिक संस्था तथा विकास साझेद्धारहरु संग सहकार्य र साझेदारीलाई सुदृढ बनाउदै उपलब्ध स्रोत साधन र अवसरको अधिकतम परिचालन गरि समृद्ध,सुशासित र आत्मनिर्भर मंगलसेन निर्माणको अभियानलाई तीवैता दिईने निति लिएको छ । यस्तै बजेटमा नगर क्षेत्रको शान्ति सुरक्षा, सार्वजनिक सम्पतिको संरक्षण, बजार व्यवस्थापन तथा नगरवासीको सुरक्षालाई थप प्रभावकारी बनाउन नगर प्रहरी परिचालन तथा व्यवस्थापनका लागि रु ३० लाख बजेट विनियोजन गरिएको छ ।
यो बजेटका युवाहरुलाई लक्षित गर्दै विभिन्न किसिमका कार्यक्रमहरु संचालन गर्नका लागि रु १० लाख बजेट विनियोजन गरिएको छ भने गुणस्तरिय शिक्षाका लागि आवश्यक्ता अनुसार नगरबाट बाल विकास केन्द्र सहजकर्ताहरु र विद्यालय कर्मचारीहरुको थप तलब र अनुदान कार्यक्रमलाई निरन्तरताका लागि समेत आवश्यक बजेट विनियोजन गरिएको छ । यस्तै नगरको आर्थि वर्ष २०८३÷०८४ को बजेटले कृषिलाई पनि प्राथमिकता दिएको छ । खेलकुद तर्फ नगरपालिकालाई खेलकुद गतिविधिको केन्द्रका रुपमा विकास गर्दै खेलाडी उत्पादन, खेल पर्यटन प्रवद्र्धन तथा आधुनिक खेल पूर्वाधार निर्माण गर्ने उदेश्यका साथ मंगलसेन बृहत खेलमैदान निर्माणका लागि ४५ लान बजेट विनियोजन गरिएको छ ।
यसैगरि मंगलसेन बजार क्षेत्रको सरसफाई, वातावरणीय स्वच्छता तथा वर्षायाममा हुने जल जमावटका लागि ३० लाख ५० हजार बजेटको व्यवस्था गरिएको नगरपालिकाले बजेट वक्तव्यमा उल्लेख गरिएको छ । नागरिकलाई दिईने सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन वडा न ५, वडा न ९, वडा न ११ र वडा न १३ का वडा कार्यालय भवन निर्माणका लागि संघिय सरकारको समपूरक अनुदान साझेदारीमा आवश्यक बजेटको व्यवस्था गरिएको समेत उल्लेख गरिएको छ । नगरसभामा प्रस्तुत बजेटमाथि छलफलपछि आवश्यक सुझावहरू समेट्दै आगामी दिनमा कार्यान्वयनको प्रक्रिया अगाडि बढाइने नगरपालिकाले जनाएको छ । नगरपालिकाले बजेट वक्तव्य र निति तथा कार्यक्रम आफ्नो आधिकारिक फेसबुक पेजमा पनि सार्वजनिक गरेको नगरपालिका प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले जानकारी दिनुभएको छ । बुधबार भएको नगरसभाको जिल्लाका विभिन्न संचार माध्यमबाट प्रत्यक्ष प्रशारण समेत गरिएको थियो ।