बयलपाटा अस्पातालमा देखिएको समस्या समाधान अध्ययनको लागि कार्यदल गठन गरिएको छ । स्वास्थ निर्देशक डा.जगदीश जाेशिकाे संयाेजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरिएको छ । सामाजिक विकास मन्त्री झपट बहादुर साउँदकाे विशेष निर्देशन र पहलमा कार्यदल गठन गरिएको हो । समितिको सदस्यमा आर्थिक मामिला मन्त्रालयका प्रतिनिधि, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ३ लघुवित्त र १ सहकारीमा तालाबन्दी गरी आगजनी गरेका छन् । ऋणीलाई विभिन्न बाहनामा दुःख दिएको भन्दै नेकपाका कार्यकर्ताले पूर्वी अछामको कमलबजार नगरपालिकास्थित किसान माइक्रोफाइनान्स, डिप्रोक्स लघुवित्त, मिरमिरे लघुवित्त र साना किसान बहुउद्धेश्यीय सहकारी संस्थामा तालाबन्दी गरि संस्थाको बोर्डमा आगजनी गरेका हुन् । वित्तीय संस्थाहरुलाई कार्वाही
अछामका विभिन्न पालिकाहरुले आर्थिक बर्ष २०८०÷८१ को बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । जिल्लाको मंगलसेन नगरपालिका , कमलबजार नगरपालिका , साफेबगर नगरपालिका , र चौरपाटि गाउँपालिकाले आर्थिक बर्ष २०८०÷८१ को बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । चारवटै पालिकाको निति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, स्थानीय
काठमाडौं: देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव तथा बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि देशभर
धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिने निर्णय गरेको छ । मंगलबार सवारी दुर्घटनामा निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले भने, ‘आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले बुधबार शोक बिदा दिने र राष्ट्रिय झन्डा
साँफेबगर । छिमेक लघुवित्त वित्तीय संस्था लि.सुदूरपश्चिम क्षेत्र अन्तर्गतको शाखाद्वारा आयोजित ३ दिने आधारभुत बाख्रा पालन तालिम सम्पन्न भएको छ । यही असार ३ गतेदेखि साँफेबगर नगरपालिका वडा न.५ नवाठाना स्थित कृष्ण मा. वि . दहपाटा अछाममा संचालन भएको बाख्रापालन तालिम आज सम्पन्न भएको हो । लघुवित्तमा आवद्ध सदस्यको आयस्तर
साँफेबगर । छिमेक लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय साँफेबगर अछामद्वारा मृत्यु दावी भुक्तानी गरिएको छ । छिमेक लघुवित्तमा आवद्ध सदस्य मथुरा देवी बुढाका श्रीमान लाल बहादुर बुढा (लिला) बुढाको असामहिक निधन भएकोले उहाँलाई यस बित्तिय संस्थाबाट रु २ लाख १० हजारको चेक हस्तान्तरण गरिएको हो । उहाँले होटल व्यावसायको
दुर्घटनामा सुदूर पश्चिम सरकारका कानुन मन्त्री सिंह सहित पत्नी र भाउजुकाे मृत्यु बझाङ, ५ असार । धनगढीबाट बझाङ जाने क्रममा गाडी दुर्घटनामा परी घाईते भएका सुदूर पश्चिमका कानुन मन्त्री पृथ्वी बहादुर सिंह सहित तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिंह सहित उनकी पत्नी र भाउजु रहेको सुरक्षा स्रोतले
शेरबहादुर सार्की बाजुरा, असार १ गते । सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित गड्डाचौकी नाकाबाट बाजुराका पाँच बालिका सहित एक जना महिलाको उद्धार गरिएको छ । बाजुराको नौ वटै स्थानीय तहका अधिकांश बालबालिका तथा एकल महिला घरको आर्थिक अवस्था कमजोर हुँदा पढाई छोडेर कामको खोजीमा भारतका विभिन्न ठाउँमा जाने गर्छन् ।
सुर्खेत : ‘दलितका लागि दलित आन्दोलन नेपालका’ संयोजक एवं अभियन्ता खगेन्द्र सुनार हिरासतमै आमरण अनसनमा बसेपछि उनको स्वास्थ्य स्थिति झनै जटिल बनेको छ। शुक्रबार साँझदेखि नै आमरण अनसनमा बसेका उनको स्वास्थ्यमा समस्या देखिन थालेपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरेको छ। कर्णालीमा दलितमैत्री बजेट नआएको भन्दै सुनारकै