डोटीमा पहिलोपटक पर्यटक प्रहरी चौकी स्थापना


पैरवी खबर

 

डोटी – डोटीमा पर्यटक प्रहरी चौकी स्थापना गरिएको छ । खप्तड र आसपासका पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकहरूको सुरक्षाको लागि डोटीको दिपायल सिलगढी नगरपालिकामा अस्थायी पर्यटक प्रहरी चौकी स्थापना गरिएको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाँजिसिंह खड्का (विजय) ले बताए ।

नगर प्रमुख खड्काले भने, ‘सुदूर पश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा भ्रमण गर्न आउने आन्तरिक तथा बाहृय पर्यटकहरूको सुरक्षाका लागि पर्यटक प्रहरी चौकी स्थापना भएको गरिएको हो ।’

प्रहरी सहायक निरीक्षक रमेश भट्टराईको कमान्डमा ७ जना प्रहरी राखेर चौकी स्थापना भएको छ । पर्यटकहरू माथि दुर्व्यवहार हुन नदिने, सुरक्षित अनुभूति गराएर बसाइँ लम्ब्याउने वातावरण बनाउने, आपराधिक क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिने र पर्यटकहरूलाई गाइड गर्ने उद्देश्यले दिपायल सिलगढी नगरपालिकाको पहल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा चौकी स्थापना गरिएको नगर प्रमुख खड्काले बताए ।

{“remix_data”:[],”remix_entry_point”:”challenges”,”source_tags”:[“local”],”origin”:”unknown”,”total_draw_time”:0,”total_draw_actions”:0,”layers_used”:0,”brushes_used”:0,”photos_added”:0,”total_editor_actions”:{},”tools_used”:{},”is_sticker”:false,”edited_since_last_sticker_save”:false,”containsFTESticker”:false}