अछाम । अछामकाे मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम यातायातको बस सेवा आजदेखी सुरु भएको छ। आज पहिलो पटक ना ५ ख ७९१ नम्बरको बस चालक खडक भण्डारीले मेल्लेख–६, शाेडषा सम्म सफल परीक्षण यात्रा पूरा गरेका छन्। भोलिदेखि भने नियमित रूपमा बस सेवा सञ्चालन हुने जनाइएको छ। बस सेवाको उद्घाटन मेल्लेख गाउँपालिकाका उपाध्यक्ष
काठमाडौं । जेनजी मुभमेन्ट, नेपालले गृहमन्त्री सुधन गुरुङलाई पक्राउ गरी निष्पक्ष अनुसन्धान गर्न माग गर्दै प्रहरीमा उजुरी दिएको छ । मंगलबार मुभमेन्टका प्रवक्ता विजय शाहले नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षकलाई सम्बोधन गरी निवेदन दर्ता गराएका हुन् । निवेदनमा गुरुङलाई पक्राउ गरी निष्पक्ष छानबिन अघि बढाउन अनुरोध गरिएको छ ।
केशब भुल काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को १६ सदस्यीय सचिवालयमा खसआर्य समुदायको वर्चस्व देखिएको छ भने महिला सहभागिता संवैधानिक व्यवस्था अनुसार ३३ प्रतिशत पनि पुर्याइएको छैन। सचिवालय रास्वपाको केन्द्रीय कार्यसमितिपछिको शक्तिशाली संरचना हो। सोमबार बसेको केन्द्रीय समिति बैठकले पदाधिकारीसहित सचिवालय गठन गर्दा करिब ८१ प्रतिशत सदस्य खस आर्य समुदायबाट चयन
अछाम। अछामको मेल्लेख गाउँपालिका मा गाउँसभाको १८औँ अधिवेशन सुरु भएको छ। अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम पेश गरिएको छ। सोमबार बसेको गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय सरकार सञ्चालनका प्रमुख क्षेत्रहरू निर्धारण गरिएको छ। प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय तहमा प्रयोग हुने पाठ्यपुस्तक तथा पाठ्यसामग्रीमा अनियमितता नगर्न कडा निर्देशन दिएको छ । केन्द्रले जारी गरेको परिपत्रमा शैक्षिक सत्र २०८३ का लागि नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम तथा केन्द्रबाट स्वीकृत पाठ्यपुस्तक र पाठ्यसामग्री मात्र विद्यालयमा लागू गर्नुपर्ने
अछाम, मेल्लेख गाउँपालिकाले शिक्षा प्रणाली सुदृढीकरण र सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले महत्वपूर्ण निर्णय कार्यान्वयनमा ल्याएको छ। गाउँ कार्यपालिकाको १८औँ अधिवेशनको २०८३ वैशाख ७ गते बसेको पहिलो बैठकको निर्णयअनुसार गाउँपालिका अन्तर्गत कार्यरत शिक्षक, कर्मचारी, जनप्रतिनिधि तथा पदाधिकारीहरूले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने व्यवस्था गरिएको हो। गाउँपालिकाले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अछामका भूपदेव शाहलाई महामन्त्रीको जिम्मेवारी दिएको छ। सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले उनलाई उक्त पदमा चयन गर्ने निर्णय गरेको हो। पार्टीका प्रवक्ता मनिष झाले बैठकबाट प्रस्ताव पारित भई शाहलाई महामन्त्री बनाइएको जानकारी दिएका छन्। यसअघि केन्द्रीय सदस्यका रूपमा सक्रिय रहेका शाह अब
साँफेबगर । साँफेबगर नगरपालिका सामाजिक सुरक्षा तथा पन्जीकरण शाखाको आयोजनामा साँफेबगर नगरपालिकाको वडा नम्बर १४ पातलकोटमा व्यक्तिगत घटना दर्ता सप्ताहको अवसरमा कर्मचारी, जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अभिमुखिकरण कार्यक्रममार्फत जन्म, मृत्यु, विवाह, बसाइँसराइ लगायतका व्यक्तिगत घटनाको समयमै दर्ता
काठमाडौँ । नेपाल सरकार अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलबभत्ता अब अर्धमासिक (महिनामा दुई पटक) भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। अर्थ मन्त्रालय अन्तर्गत बजेट तथा कार्यक्रम महाशाखाबाट महालेखा नियन्त्रक कार्यालय, अनामनगरलाई पठाइएको पत्रमार्फत हालसम्म मासिक रूपमा हुँदै आएको तलबभत्ता भुक्तानी प्रणालीलाई परिवर्तन गरी अर्धमासिक रूपमा भुक्तानी गर्ने तयारी गर्न
हिक्मत बहादुर नेपाली अछाम, बैशाख ०५ । नेपाल जेसिजको आयोजना तथा अछाम जेसिजको आथित्यतामा क्षेत्र घ अध्यक्ष सम्मेलन अछामको पर्यटकीय क्षेत्र रामारोशनमा आज सम्पन्न भएको छ । अछाम शाखाका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष रुप बहादुर बिष्टको अध्यक्षता सम्पन्न भएको सम्मेलनका प्रमुख अतिथि रामारोशन गाउपालिका अध्यक्ष मान बहादुर साउद रहनु भएको