अछाम — नेपाली कांग्रेस अछाम क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा तारा प्रसाद खनाल निर्वाचित हुनुभएको छ। निर्वाचन प्रक्रियामार्फत भएको नेतृत्व चयनमा खनालले ७ सय ३७ मत प्राप्त गर्दै विजयी हुनुभएको हो।
उहाँका प्रतिस्पर्धी रबिन्द्रबहादुर शाहीले ४ सय ९८ मत प्राप्त गर्नुभएको छ।
त्यस्तै, क्षेत्रीय समितिको सचिवमा टंकबहादुर साउद विजयी हुनुभएको छ। साउदले ७ सय ५ मत प्राप्त गर्नुभएको छ भने सहसचिवमा दिपकबहादुर बिष्ट निर्वाचित हुनुभएको छ। बिष्टले ४ सय ५५ मत प्राप्त गर्नुभएको बताइएको छ।
सहमतिको आधारमा नयाँ समिति चयन गर्ने लामो प्रयास भए पनि सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गरिएको नेपाली कांग्रेसले जनाएको छ।
क्षेत्रीय समितिका अन्य पदका लागि भने मतगणना जारी रहेको बताइएको छ।


