डा. डिबी सुनारद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा


पैरवी खबर

​अछाम – नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत अछाम क्षेत्र नम्बर १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनुभएका डा. डिबी सुनारले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ।

​पार्टी कार्यालय साँफेबगरमा आयोजित एक विशेष कार्यक्रमका बीच डा. सुनारले आगामी १५ औं केन्द्रीय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो।

​महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित गराएकोमा अछाम क्षेत्र नम्बर १ का सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूलाई धन्यवाद ज्ञापन गर्दै उहाँले युवा सहभागिता, सशक्त प्रतिनिधित्व र जिम्मेवारीका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

​”युवा सहभागिता, प्रतिनिधित्व, जिम्मेवारी” भन्ने मूल नाराका साथ पार्टीलाई थप सुदृढ, समावेशी र गतिशील बनाउन आफ्नो उम्मेदवारी रहने डा. सुनारले बताउनुभएको छ।
​पार्टी संगठन विस्तारका साथै राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्शहरूलाई अझ सुदृढ बनाउन युवाहरूको नेतृत्वदायी भूमिका आवश्यक रहेको बताउनु भयो।