अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै अछाममा पार्टीको संस्थापन इतर अर्थात् देउवा पक्षले राजनीतिक गतिविधिलाई तीव्रता दिएको छ ।
देउवा पक्षको बैठकले अछाममा कृष्णबहादुर बुढाको संयोजकत्वमा २१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । गठित जिल्ला कमिटीको संयोजकमा कृष्णबहादुर बुढा, उपसभापतिमा अर्जुन ताम्राकार, कोषाध्यक्षमा बलबहादुर बिष्ट, सचिवमा गोविन्द बिष्ट र सहसचिवमा बसन्तराज भाट रहेका छन् । त्यस्तै सदस्यहरूमा बमबहादुर स्वार, तारामान स्वार, बलबहादुर बिष्ट, दीर्घ टमटा, भगवती खनाल, अप्सरा कुँवर, दमन बोगटी, सुरत बुढा थापा, अम्बिका थापा, लक्ष्मी बोगटी, सरस्वती नेपाली, मीनबहादुर बिष्ट, देवराज देवकोटा, क्षेत्रकुमारी खड्का, गोपीप्रसाद खनाल र देवेन्द्र प्रसाद भाट, हेम ढुांगाना, बल बिष्ट रहेका छन् ।
बैठकले १५औँ महाधिवेशनका लागि अछाम जिल्लाको नियमित अधिवेशन सम्पन्न गर्न २१ सदस्यीय जिल्ला नियमित अधिवेशन मूल आयोजक समिति समेत गठन गरेको जनाइएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षबाट अछामका विभिन्न क्षेत्रमा अधिवेशनसम्बन्धी गतिविधि अघि बढिरहेका बेला देउवा पक्षले पनि जिल्ला तहमा आफ्नो संगठनात्मक गतिविधिलाई तीव्रता दिएको हो ।
जिल्ला कमिटी तथा अधिवेशन मूल आयोजक समिति गठनसँगै अछाममा नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको गतिविधि थप सक्रिय हुने देखिएको छ। दुवै पक्षले संगठन विस्तार, अधिवेशन तयारी तथा स्थानीय तहमा आफ्ना गतिविधिलाई केन्द्रित गर्न थालेका छन् ।
अब जिल्ला स्तरमा पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाएर अघि बढाउने निर्णण समेत पार्टीको बैठकले गरेको जिल्ला सहसचिव बसन्तराज भाटले जानकारी दिनुभएको छ । यस्तै बुधबारको कार्यक्रमबाट अछामका दुवै क्षेत्रका प्रदेश संयोजक र पालिका संयोजक पनि तोकियका छन । जस अन्तर्गत अछाम क्षेत्र नं. १ मा प्रदेश (क) को संयोजक महेश खड्का, प्रदेश (ख) को संयोजक गोपी खनाल, अछाम क्षेत्र नं. २ मा प्रदेश (क) को संयोजक टेक विष्ट, प्रदेश (ख) को संयोजक बसन्त राज भाटलाई जिम्मेवारी दिईएको छ । बिहीबार क्षेत्र न २ को प्रदेसभा (क) र (ख) को संयुक्त भेलाहुने भएको छ ।


