पुल नहुँदा खोला तर्नु समस्या


पैरवी खबर

शेरबहाुदर सार्की
बाजुरा, भदौ २ गते । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नं –३ को डुँग्री झिगिने, टुनीसैन लगायतका खोलामा पुल नहुँदा त्यहाँका स्थानीयलाई वर्खाको समय खोला तर्न निकै समस्या भएको छ ।

खप्तड छेडेदह गाउँपालिका वडा नं –३ पुडाबाउला, मौवाडी ,धुर्तोला,टुनीसैन लगायतका स्थानीय पुस्तौँ देखि अहिले सम्म उपभोग्य सामाग्री खरिद गर्न बेतालमाण्डौ साँफेबगर लगायतका बजारमा यसै खोलाबाट वारपार गर्ने गरेका छन् ।

खप्तड छेडेदह गाउँपालिका वडा नं –३ मौवाडीका दिलबहादुर धामीले, यहाँका स्थानीयलाई घाँस दाउरा गर्न तथा दैनिक उपभोग्यका समाग्री खरिद गर्न जाँदा यो खोला तर्नु पर्ने हुन्छ, पुल छैन वर्षा लागेपछि खोला बढेर आउँछ अनी वारपार गर्न समस्या हुने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो , यहाँका अधिकाशं बालबालिका बूढीगङ्गा –७ को शारदा माविमा पढ्छन । वर्खाको समय उनीहरुलाई खोला तरेर विद्यालयमा जान निकै समस्या हुने गरेको छ ।
खप्तड छेडेदह गाँपालिका –३ मौवाडीका स्थानीयको यो समस्या पहिले देखिको नै हो । यो समस्या समाधान गर्न धेरै ठाउँमा पहल माग गरेका छौ । तर पनि कसै ठाउँबाट यो कुरा सुनुवाइ नभएको धामीले बताउनुभयो ।

बूढीगङ्गा नगरपालिका –७ झालीका चेतमान सार्कीले , खप्तड छेडेदह गाउँपापलिका टुनीसैन ,पुडाबाउला, मौवाडी लगायतका स्थानीय बेलातमाण्डौ साँफे बजारमा जाँदा यसै खोलाबाट आउजाउ गर्ने भएकोले वर्खाको समय उनीहरुलाई निकै समस्या हुने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, यो खोलामा आउजाउ गर्दा धेरै जनाको ज्यान समेत गएको छ । यसअघि यो खोलाबाट वारपार गर्ने क्रममा खोलाले बगाउँदा कयौको उद्धार पनि गरेका हो । यो खोला हिउँद सानो हुन्छ, वर्खाको समय पानीको बहाव धेरै बढ्छ । यो खोलाबाट हिउँदमा सुचारु हुने गाडी वर्खामा बन्द हुन्छन । खोलामा पुल नहुँदा ती बस्तीका स्थानीयलाई पुस्तौ देखि अहिले सम्म दुख दिने गरेको सार्कीले बताउनुभयो ।

खप्तड छेडेदह गाउँपालिका वडा नं –३ वडा अध्यक्ष बिर्ख रावतले, खप्तड छेडेदह गाउँपालिका वडा न. ३ का डुँग्रीखोला,टुनीसैन, मौवाडी, पुडाबाउला ,धनाल्त, धुर्तोला लगायत बस्तीको वरिपरी पनि धेरै खोला छन् । वर्खाको समय ती खोलाले यहाँका स्थानीयलाई धेरै सताएको बताउनुभयो ।उहाँले भन्नुभयो, डुँग्रीखोला हिउँदमा धेरै सानो हुन्छ, तर वर्खाको समयमा यो खोला तर्न निकै समस्या हुने गर्छ ।

यी बस्तीका स्थानीय दैनिक उपभोग्यका समाग्री ल्याउन तथा यहाँका केही बालवालिका बूढीगङ्गा –७ शारदा माविमा पढ्ने गर्दछन् । उनीहरुले वर्खाको समय विद्यालयमा यसै खोला तरेर जानु पर्ने हुन्छ । यो खोलामा पुलको व्यवस्था गर्न धेरै ठाउँमा पहल गरेका छौ, तर अहिले सम्म कुनै ठाउँबाट पनि यो पहल भएको छैन् अध्यक्ष रावतले बताउनुभयो ।

क्याप्सन ः खप्तड छेडेदह गाउँपालिका ३ –पुडाबाउलाका स्थानीय वारपार गर्नमा सहज हुने गरी डुँग्रीमा खोलामा काठेपुल निर्माण गर्दै । तस्बिर ः शेरबहादुर सार्की, बाजुरा