साँफेबगर, साउन १९ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) साँफेबगर नगर कमिटीको प्रथम विस्तारित बैठक सम्पन्न भएको छ। बैठकले संगठन सुदृढीकरणका लागि सदस्यता नवीकरण, मासिक लेवी निर्धारण तथा वडा इन्चार्ज तोक्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ।
नगर संयोजक ढकेन्द्र कुँवरको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका केन्द्रीय सदस्य देवबहादुर कुँवर प्रमुख अतिथि रहनु भएको थियो।
कार्यक्रममा केन्द्रीय सदस्य तथा साँफेबगर नगरपालिकाका उपप्रमुख शिलोज कुँवर, बालगिरि कुँवर, जयन्ती बोगटी, सल्लाहकार लालबहादुर खड्का, हर्क कुँवर, प्रदेश सदस्य एवं नगर इन्चार्ज हिक्मत कुँवर, बिर्मला बुडथापा, नृपबहादुर कुँवर, दीपक कुँवर, मुकेश सुनार, झंकर कुँवर, सुरेश कुँवर, भरत कुँवर, सीता कुँवर, जिल्ला कार्यालय सचिव रतन रावल, हिरिण्ड ठकुला, जिल्ला सदस्य, नगर सदस्य तथा १४ वटै वडा समितिका संयोजकहरूको उपस्थिति रहेको थियो।
बैठकले साउन मसान्तभित्र पार्टी सदस्यता नवीकरण सम्पन्न गर्ने, नगर समितिका सदस्यका लागि मासिक लेवी रकम निर्धारण गर्ने तथा १४ वटै वडाका इन्चार्ज तोक्ने निर्णय गरेको जनाएको छ।
बैठकको सञ्चालन नगर उपसंयोजक नेत्र परियारले गर्नुभएको ध्रुव थापाले जानकारी दिनुभएको छ।


