अछाममा Prank भिडियो बनाउने नाममा नागरिकलाई हैरानी दिने दुई युवा पक्राउ

पैरवी खबर

अछाम, साउन १४। Prank भिडियो बनाउने नाममा स्थानीय नागरिकलाई अभद्र व्यवहार गर्दै हैरानी दिएको आरोपमा अछाम प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार चौरपाटी गाउँपालिका–४ का करिब २० वर्षीय डण्डी जोशी र १८ वर्षीय शंकर जोशीलाई बिहीवार साँझ करिब ७ बजे मंगलसेन नगरपालिका–५ स्थित मंगलसेन बजारबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार ग्रामीण क्षेत्रमा Prank भिडियो बनाउने बहानामा स्थानीय नागरिकलाई दुःख दिने, अभद्र व्यवहार गर्ने तथा सार्वजनिक रूपमा हैरानी दिने गरेको भन्ने जनगुनासो र निवेदन प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो।
पीडित पक्षबाट प्राप्त अभद्र व्यवहार गर्न नहुने कसूर सम्बन्धी जाहेरी दर्ताका आधारमा दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

प्रहरीले सामाजिक सञ्जालका लागि सामग्री बनाउने क्रममा अरूको सम्मान, गोपनीयता र कानुनी अधिकारको उल्लङ्घन नगर्न सबैलाई आग्रह गरेको छ।
अछाम, साउन १४। Prank भिडियो बनाउने नाममा स्थानीय नागरिकलाई अभद्र व्यवहार गर्दै हैरानी दिएको आरोपमा अछाम प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार चौरपाटी गाउँपालिका–४ का करिब २० वर्षीय डण्डी जोशी र १८ वर्षीय शंकर जोशीलाई शुक्रबार साँझ करिब ७ बजे मंगलसेन नगरपालिका–५ स्थित मंगलसेन बजारबाट नियन्त्रणमा लिइएको हो।