साँफेबगर नगर सभापतिमा रैगाईको उम्मेदवारी


पैरवी खबर

अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत साँफेबगर नगर कार्यसमिति सभापति पदका लागि अनिल रैगाईले उम्मेदवारी घोषणा गरेका छन्।
संगठन सुदृढीकरण, कार्यकर्ताको सम्मान तथा पार्टीलाई थप एकताबद्ध र गतिशील बनाउने संकल्पसहित उम्मेदवारी प्रस्तुत गरेको रैगाईले बताएका छन्। उनले आफ्नो उम्मेदवारीलाई सफल बनाउन नेता–कार्यकर्ता तथा शुभेच्छुकबाट साथ, विश्वास र सहयोगको अपेक्षा गरेका छन्।
रैगाइ हाल साँफेबगर नगर कार्य समितिको सचिव पदमा हुनुहुन्छ ।