टेकराज भण्डारी
नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय काेषाध्यक्ष नर बहादुर रावलले सहकारीको मर्म र आदर्श अनुसार सञ्चालन गरेमा राम्रो गर्न सकिने बताउनु भएको छ ।
“उद्यमशीलता र पारदर्शिता : सहकारीको प्राथमिकता” भन्ने नाराका साथ शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड अछामकाे १७ औं बार्षिक साधारणसभा तथा पाचौं अधिवेशनकाे उद्घाटन कार्यक्रममा प्रमुख अतिथिकाे आशनबाट बाेल्दै रावलले सहकारीले निक्षेप संकलनका साथै समस्यामा राहतको काम गरेकाे बताउनुभयो ।

सञ्चालक समिति अध्यक्ष मदन बहादुर बाेगटीकाे अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष समेत रहनु भएका रावलले अछाम जिल्लाको शिक्षक हित सहकारी नेपालकै राम्रो मध्येको सहकारी संस्था भएको बताउनुभयो ।
बन्द सत्रले बार्षिक प्रगति प्रतिवेदन, वार्षिक निति तथा कार्यक्रम, आर्थिक प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समिति प्रतिवेदन, बाह्य लेखापरिक्षण प्रतिवेदन, जोखिम विश्लेषण प्रतिवेदन प्रस्तुत गरि पारित गरेकाे छ ।
अधिवेशनमा आर्थिक बर्ष २०८२/८३ काे ६ कराेड, ३२ लाख, ८३ हजार १ सय ९० बराबरकाे आयव्यय विवरण प्रस्तुत गरिएको थियाे ।
कार्यक्रममा बिशिष्ठ अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य सर्प राज रिमाल, अतिथिमा प्रगतिशिल प्राध्यापक संगठनका केन्द्रीय सदस्य कृष्ण राज जैसी, ने.रा.शि. संगठन प्रदेश समिति उपाध्यक्ष मन्जु कुँवर, ने.रा.शि.संगठन प्रदेश समिति उप महासचिव लोक राज न्यौपाने, ने.रा.शि.संगठन प्रदेश समिति सदस्य राम बहादुर शाही, ने.रा.शि.सं जिल्ल अध्यक्ष कृष्ण बहादुर वि क, शिक्षक हित साकोसका संस्थापक अध्यक्ष रत्न प्रसाद ढुंगाना, नेपाल बुद्धिजिवी परिषद अध्यक्ष भरत सोडारी, राष्ट्रिय सहकारी बैंक प्रतिनिधि ललित बहादुर कुँवर, जिल्ला बचत संघ अध्यक्ष चन्द्रप्रसाद भण्डारी, जिल्ला बचत संघ प्रतिनिधि जनक बहादुर शाही, पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष टेकबहादुर थापा लगायतको सहभागीता रहेकाे थियाे ।
अधिवेशनको बन्द सत्रबाट पुन: मदन बहादुर बाेगटीकाे अध्यक्षतामा ४ बर्षका लागि नयाँ नेतृत्व समेत चयन गरिएकाे छ । सञ्चालक समितिमा जनक कुमारी जैसी उपाध्यक्ष, राज बहादुर वि.सी. सचिव, धिरेन्द्र बहादुर रावल कोषाध्यक्ष, चक्र बहादुर बाेहरा सह-सचिव तथा सदस्यहरुमा धन कुमार के.सी. तुल्सा कुमारी शाही, मीन बहादुर कुँवर र मदन कुमारी बाेहरा चयन हुनुभएको निर्वाचन समिति संयाेजक चन्द्र प्रसाद भण्डारीले बताउनुभयो ।
यस्तै लक्ष्मण प्रसाद रेग्मीकाे संयाेजकत्वमा भरत राज रेग्मी र जानकी कुँवर रहने गरि ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति समेत चयन गरिएको संस्थाका साधारण सदस्य तथा गंगा माविका शिक्षक टेक राज भण्डारीले जानकारी दिनुभयाे ।
सहकारी संस्थाका उपाध्यक्ष जनक जैसीले स्वागत गर्नुभएको कार्यक्रमकाे संचालन सचिव राज बहादुर विसीले गर्नुभएको थियाे ।


