अछाम — साँफेबगर नगरपालिका वडा नम्बर ९ बुढाकोटमा एकदिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ।
साँफेबगर नगरपालिका पशु सेवा शाखाको आयोजनामा सम्पन्न शिविर कार्यक्रममा वडा अध्यक्ष दिपक कुँवरले अध्यक्षता ग्रहण गर्नुभएको थियो भने प्रमुख अतिथि नगर उपप्रमुख शिव कुँवर रहनुभएको थियो ।
शिविरमा जिल्ला समन्वय समिति अछामका सदस्य नरेन्द्र कुँवर, वडा सदस्य लालबहादुर कुँवर, कार्यपालिका सदस्य राधिका साउँद, धुर्व थापा, अर्जुन कुँवर, तिलाराज सुवेदी लगायत जनप्रतिनिधि तथा स्थानीय किसानहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
शिविरमार्फत स्थानीय किसानका पशुहरूको स्वास्थ्य परीक्षण, आवश्यक उपचार तथा औषधि वितरणका साथै पशुपालन सम्बन्धी प्राविधिक परामर्श प्रदान गरिएको आयोजकले जनाएको छ। स्थानीय किसानहरूले यस्ता निःशुल्क स्वास्थ्य शिविरले पशुपालन व्यवसायलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।


