बुढाकोट माविको ६८औँ अभिभावक भेला सम्पन्न


पैरवी खबर

अछाम – साँफेबगर नगरपालिका वडा नम्बर ९ स्थित बुढाकोट माध्यमिक विद्यालयको ६८औँ अभिभावक भेला शनिबार सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धुर्ब थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साँफेबगर नगर उप प्रमुख शिव कुँवर प्रमुख अतिथि रहनुभएको थियो । विशिस्ट अतिथि जिल्ला समन्वय समिति अछामका सदस्य नरेन्द्र कुँवर र वडा अध्यक्ष दिपक कुँवर रहनुभएको थियो ।

कार्यक्रममा कार्यपालिका सदस्य राधा देवी साउँद, वडा सदस्य लालबहादुर कुँवर, पूर्व वडा सदस्य नरबहादुर कुँवर, नेपाली कांग्रेसका प्रतिनिधि वीरबहादुर थापा, एमालेका सर्जन परियार, नेकपाका मोहन कुँवर, खप्तड पर्यटन बोर्डका अधिकृत प्रेम कुँवर , अर्जुन कुँवर लगायत अभिभावक तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रधानाध्यापक चक्रबहादुर कुँवरले विद्यालयको शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा ९६ लाख १० हजार ९ सय १२ रुपैयाँ आय–व्यय भएको र ३ लाख ३६ हजार २ सय रुपैयाँ दायित्व रहेको बताउनुभयो ।

भेलामा गत शैक्षिक सत्रको समीक्षा गर्दै आगामी शैक्षिक योजना तथा विद्यालयको विकासका विषयमा छलफल गरिएको थियो। साथै विद्यालय व्यवस्थापन समिति गठनका लागि चार जना अर्जुन कुँवर,सर्जन परियार,भगपती उपाध्याय
मोतीकला थापालाई सदस्य चयन गरिएको छ।

कार्यक्रममा शिक्षक जयन्द्र कुँवरले स्वागत मन्तव्य राख्नुभएको थियो भने शिक्षक पुरन बुढाले भेलाको सञ्चालन गर्नुभएको थियो ।