धनगढीः धनगढीमा १२ दिनदेखि त्रिभुवन माविमा अध्ययनरत विद्यार्थी बेपत्ता भएका छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर–३ (सुधार केन्द्र नजिक) बोराडाँडीका १४ वर्षीय बालक प्रकाश नेपाली (दमाई) बेपत्ता भएका हुन्। उनी कक्षा आठको परिक्षा दिएर बसेका थिए। परिक्षा दिएर सकेका उनी चैत्र २४ गते घरबाट दिदि घर जान्छु भनी निस्केका थिए। तर उनी कुनै दिदिको घरमा नपुगेको उनका बुवा दिनेश नेपाली (दमाई)ले बताए।
उनको एउटा दिदिको घर कञ्चनपुरको बन्सा र अर्को दिदिको घर दैजी रहेको छ। उनको परिवारमा अहिले रुवाबासी चलेको छ। उनलाई फेला पार्ने वा कसैले देखेमा नजिकको प्रहरी कार्यालय अथवा ९८२४६३४३९८ र ९८४३३२०६१० नम्बरमा सम्पर्क गरिदिन उनका बुवाले आग्रह गरेका छन्।