अछाम : मेल्लेख गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गरिएको छ।
सोमबार गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले नव निर्मित भवनको निर्माण कार्य पुरा भएपछी उद्घाटन गरेका हुन ।
२ करोड १५ लाख लागतमा साढे दुई तले प्रशासनिक भवन निर्माण गरिएको मेल्लेख गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिर्घ खड्काले जानकारी दिए।
निर्वाचित भएको बेला र अहिलेको अवस्थालाई आम जनाताले बुझिदिन बताए । गाउँपालिकाले सधैंव आम नागरिकको सेवामा लागिएको र आम नागरिककले समेत चासो राख्न नागरिकलाई आग्रह गरे।
प्रशासनिक भवन सञ्चालनमा आएसँगै गाउँपालिका कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा सहज तथा प्रविधिमैत्री हुने मेल्लेख गाउँपालिका अध्यक्ष लोक बोहराको विश्वास रहेको छ ।
मेल्लेख गाउँपालिकाले सधै समृद्धिका सपना देख्ने गरेको र ती सपनाहरुलाई देखेर पन्छ्याईरहेको हुदा गाउँपालिले समृद्धिको बाटो पन्छ्याईरहेको बताए ।
दशै सम्म मेल्लेख गाउँपालिकाक वडा नं १,२,३मा कुटिल उघोग स्थापना गर्ने अध्यक्ष बोहराले उद्घोष गरे।
यस्तै सोमबार नै मेल्लेख गाउँपालिकामै सूचना प्रविधि केन्द्रको समेत उद्धाटन गरिएको छ।सबैले मेल्लेख सूचना प्रबिधि केन्द्रबाट गाउँपालिकाबाट गरेका गतिविधि हेर्न सकीने सूचना प्रबिधि अधिकृत चन्द्र प्रकाश साउदले बताए ।