साँफेबगर । अछामको साँफेबगर नगरपालिका–४ झोलुङ्गे पुलमा चट्याङको झिल्का लागेर १५ वर्षीया किशोरी घाइते भएकी छन्।
इलाका प्रहरी कार्यालय साँफेबगरका अनुसार मिति २०८३ असोज २३ गते बिहान करिब ११ः३० बजे आफ्नै घरमा बसिरहेकी नृप ठक्कुलाकी छोरी एलिना ठक्कुला चट्याङको झिल्का लागेर बेहोस भएकी हुन्।
घाइते किशोरीलाई उपचारका लागि दिउँसो १२ः४० बजे प्रादेशिक अस्पताल बयलपाटा पुर्याइएको थियो। उनको छाती र घाँटीमा कालो डाम देखिएको र अवस्था बेहोस रहेको प्रहरीले जनाएको छ।
किशोरीको बयालपाटा अस्पतालमा उपचार सम्भव नभए पछि धनगढी रिफर गरिएको छ ।


