कांग्रेस साँफेबगर ,मेल्लेख र चौरपाटीमा सभापति चयन


पैरवी खबर

अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अछामका विभिन्न स्थानीय तहमा नयाँ नेतृत्व चयन गरिएको छ।
साँफेबगर नगरपालिका नगर कार्यसमिति सभापतिमा अनिल कुँवर चयन भएका छन्। यस्तै, चौरपाटी गाउँपालिका कार्यसमिति सभापतिमा जयबहादुर साउद र मेल्लेख गाउँपालिका कार्यसमिति सभापतिमा प्रकाश अधिकारी चयन भएका छन्।