साँफेबगर । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित वडा स्तरीय क्रिकेट प्रतियोगिता २०८३ को उद्घाटन भएको छ ।
साँफेबगर नगरपालिका ७ नम्बर वडा कार्यालय रिडिकोटको आयोजनामा बडासैन खेल मैदानमा प्रतियोगिताको उद्घाटन गरिको हो ।
वडा अध्यक्ष हिक्मत कडायतको अध्यक्षतामा संचालन प्रतियोगिताको उदघाटन अछाम क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य भरत कुमार स्वारले गर्नु भएको हो ।
उद्घाटन कार्यक्रममा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर , विभिन्न वडाका वडा अध्यक्ष, नेपाली काङ्ग्रेस अछाम १ क्षेत्रीय सभापति राम बहादुर कुँवर, नेकपा एमालेका साँफेबगर नगर कमिटी अध्यक्ष हिरिण्ड कुँवर, सशस्त्र प्रहरी नायव उपरीक्षक राजेन्द्र बहादुर कुँवर,बयालपाटा प्रादेशिक अस्पताल प्रमुख मन्दिप पाठक, बयालपाटा प्रहरी चौकी प्रमुख सुरत सिंह भण्डारी, अछाम क्रिकेट संघका अध्यक्ष अनिल कुँवर लगायतको सहभागिता रहेको थियो ।
प्रतियोगितामामा १४ वटा टीमको सहभागिता रहेको छ ।



