शुभकामना आदान प्रर्दान तथा चियापान कार्यक्रम सम्पन्न


पैरवी खबर

हिन्दुहरूकाे ठुलाे दाेस्राे महान चाड शुभ दिपावली २०८३ सालकाे पावन अवसरमा मंगलसेन नगरपालिका वडा नं.६ काे आयाेजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएकाे छ।
मंगलसेन नगरपालिका वडा नं ६ का वडा अध्यक्ष देबेन्द्र प्रसाद भण्डारीकाे अध्यक्षतामा भएकाे शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथी पुर्व जनालीवण्डाली गा.बि.स अध्यक्ष प्रभुनाथ भण्डारी रहनुभएकाे थियाे।
प्रमुख अतिथिकाे आसनबाट बाेल्दै उहाँले पछिल्लो समय वडा कार्यालयले विभिन्न रचनात्मक,सृजनात्मक कार्यहरू गर्नुका साथै सेवा प्रवाहका क्षेत्रमा गरेका नविनतम् र प्रशंसनीय कार्यकाे उच्च प्रशंसा गर्दै आगामी दिनहरूमा समेत यस्तै प्रशंसनीय कार्यकाे निरन्तरताकाे अपेक्षा समेत गर्नुभएकाे थियाे। साथै उहाँले शुभकामना आदानप्रदान कार्यक्रमले आपसी भाइचारा कायम राखिराख्न मद्दत पुग्ने बताउदै पुरानाे कला संस्कृतिकाे जर्गेनामा समेत टेवा पुग्ने बताउनुभएकाे थियाे। कार्यक्रममा राष्टिय स्वतन्त्र पार्टिका जिल्ला काेषाध्यक्ष सेतिराम भण्डारी, नेपाली कांग्रेसका नगर सभापती हेमराज भण्डारी, नेकपा एमाले का जिल्ला कमिटी सदस्य पुष्पराज भण्डारी, ठुलासेन बजार ब्यावस्थापन समिति अध्यक्ष प्रकाश भण्डारी वडाका जनप्रतिनिधि,शिक्षक,कर्मचारी,विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू,शिक्षक लगायत सम्पुर्ण वडावासीकाे उत्साहजनक सहभागीता रहेकाे कार्यक्रमकाे संञ्चालन मंगलसेन नगरपावडा नं ६ का वडा सचिव सिद्धराज ढुंगानाले गर्नुभएकाे थियाे।