अछाम सार्वजनिक यातायातको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा भाट चयन


पैरवी खबर

मंगलसेन
अछाम सार्वजनिक यातायात प्रा.लि.को तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। मंगलसेनमा सम्पन्न साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको हो।
साधारण सभाबाट अध्यक्षमा झंकर प्रसाद भाट चयन हुनु भएको छ। वरिस्ठ उपाध्यक्षमा प्रकाश भाट र उपाध्यक्षमा जीवन प्रसाद खनाल र मान बहादुर बुढा चयन हुनु भएको छ भने महासचिवमा नृप बहादुर साउँद, सचिवमा भरत बहादुर विश्वकर्मा र कोषाध्यक्षमा टंक कुँवर (त्रैलोक्य) चयन हुनु भएको जनाईएको छ। नवनिर्वाचित समितिका सदस्यहरुमा रविन्द्र बटाला, भक्त मगराठी, रतन विश्वकर्मा, वेद प्रसाद ढुंगाना, भीम प्रसाद भाट र ललित बहादुर बोगटी चयन हुनु भएको बताईएको छ। साधारण सभाले नयाँ नेतृत्व चयनसँगै अछामको सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित, प्रभावकारी र यात्रुमैत्री बनाउने विषयमा समेत छलफल गरेको जनाईएको छ।
अछाम सार्वजनिक यातायात प्रा.लि.ले जिल्लाका विभिन्न क्षेत्रलाई यातायात सेवा मार्फत जोड्दै आएको छ। नयाँ नेतृत्वले यातायात क्षेत्रका समस्या समाधान, सेवा सुधार तथा यात्रुहरुलाई सहज र सुरक्षित यातायात सेवा उपलब्ध गराउने तर्फ काम गर्ने अपेक्षा गरिएको छ।