विश्व मधुमेह दिवसमा साँफेबगरमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर, २५० जनाले लिए सेवा


पैरवी खबर

एकेन्द्र महता
साँफेबगर। विश्व मधुमेह दिवसको अवसरमा अछामको साँफेबगरमा निःशुल्क रक्तचाप तथा मधुमेह परीक्षण शिविर सम्पन्न भएको छ।

लाइफलाइन अछाम र धन योग फाउन्डेसनको संयुक्त आयोजना तथा बयालपाटा प्रादेशिक अस्पतालको प्राविधिक सहकार्यमा साँफेबगर नगरपालिका–३, हाटबजारस्थित प्रतीक्षालयमा शिविर सञ्चालन गरिएको हो।

शिविरमा सर्वसाधारणको रक्तचाप ९ब्लड प्रेसर० तथा मधुमेह ९डायबिटिज० को निःशुल्क परीक्षण गरिएको थियो। आयोजकका अनुसार शिविरबाट २५० जनाले रक्तचाप परीक्षण सेवा लिएका छन् भने १५० भन्दा बढी व्यक्तिको मधुमेह परीक्षण गरिएको छ।

पछिल्लो समय मधुमेह तथा उच्च रक्तचापजस्ता नसर्ने रोगको जोखिम बढ्दै गइरहेको अवस्थामा नागरिकलाई समयमै स्वास्थ्य परीक्षण गराउन र रोगबारे सचेतना फैलाउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ।

यस्ता स्वास्थ्य शिविरले समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै रोगको समयमै पहिचान र उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विश्व मधुमेह दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य परीक्षणसँगै स्वास्थ्य सचेतनाको सन्देशसमेत प्रवाह गरिएको थियो।