बाँझो जमिनको सदुपयोग गर्न फलफुल खेती


पैरवी खबर

शेरबहादुर सार्की
बाजुराको बूढीगङ्गा नगरपालिका –४ कृष्णबहादुर खातीले बाँझो जमिन सदुपयोग गर्न फलफुल खेती सुरु गर्नु भएको छ ।गाउँ नजिकैको चौर गिरी खेल्नेमा झण्डै १५ रोपनी जमिन सधै बाँझो रहँदै आएको थियो, अहिले त्यो जमिनलाई सदुपयोग गर्नका लागि खातीले स्याउँ खेती सुरु गरेका हुन् ।

सधै गाई भँैसीको चरन गौचरमा परिणत भएको उक्त जमिन सदुपयोग गर्ने गरी उहाँले अहिले कागती ,स्याउँ ओखर आरु देशी आर खेती लगायतका फलफुलका विरुवाहरु रोपेपछि सो जमिनको सदुपयोग खातीले बताउनुभयो ।उहाँले भन्नुभयो, मैले बूढीगङ्गा नगरपालिकाको कृषि विकास शाखाको अनुदानमा र मेरो आफ्नौ केही लगानीमा त्यो जमिनमा परिक्षणका लागि अहिले ५० वोट स्याउँको बोट रोपेको छु ।

शाखाले फलफुल विकास कार्यक्रम अन्तरगत बाजुराको तल्लो क्षेत्रमा पनि स्याउँ खेती, फलफुल बगैचा स्थापनाका लागि परीक्षण स्वरुप पहिलो पटक यो अभियान सुरु गरेपछि परीक्षणका लागि ५० बोट स्याउँ रोपनी गरेको खातीले बताउनुभयो ।

आ.व २०७६÷२०७७ मा रोपेका ती स्याउँ अहिले फल्न सुरु भएपछि तल्लो क्षेत्रमा पनि स्याउँ फल्ने सम्भाना देखिएको बूढीगङ्गा नगरपालिकाको कृषि विकास शाखाले जनाएको छ ।
खातीले सधै बाँझो रहँदै आएको मेरो १५ रोपनी जमिनमा मैले स्याउँ सँगै आठ सय बोट ओखर र पन्द्र देखि बीस बोट देशी आरु , आरीपोखरा समेत लगाएका छन् । अहिले ती सबै राम्रो सँग फल्न सुरु भएका छन् । केही वर्षमा त्यो फलफुल खेतीबाट उहाँले निकै फाइदा लिन सक्ने खातीले बताउनुभयो ।

बूढीगङ्गा नगरपालिकाको लेख साइडमा हरेक वडाका सयौ रोपनी भन्दाबढी जमिन त्यसै खेर गएको छ । त्यहाँका किसानको त्यो जमिनलाई सदुपयोग गरी आयआर्जनमा वृद्धि गर्न गरी फलफुल खेतीमा लाग्न उत्प्रेरित गर्दै आएको बूढीगङ्गा नगरपालिकाको कृषि बिकास शाखाले जनाएको छ ।

बाजुराको सबै भन्दाबढी सुन्तला, जारिम, अमिलो फल्ने गरेको बाह्रविस, नौविस, कुल्देवमाण्डौ, बह्रमतोला लगायतका ती ठाउँमा पछिल्लो समयमा फलफुल खेती लोप हुँदै आएको छ । किसानले लगाएका ती सुन्तालका बोटहरु विस्तारै सुक्दै गएपछि ती क्षेत्रका स्थानीयले फलफुल खेती गर्न छोडेरे बूढीगङ्गा नगरपालिका ७ झालीका स्थानीय बताउँछन् ।

क्याप्सन ः बूढीगङ्गा नगरपालिका ४ को कृष्णबहादुर खातीको चोर गिरी खेल्ने बाँझो जमिनमा लटरम्म फेलेको देशी आरु । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा