साँफेबगर -१० ठाँटीमा २० लाख लगानीमा यूवा उद्यमी भिम बोगटीले खोले जनता होटल


पैरवी खबर

साँफेबगर । स्थानीय नागरिक तथा यात्रुहरुलाई गुणस्तरीय, स्वच्छ र स्वादिला परिकारहरु उपलब्ध गराउने उद्धेश्यका साथ अछामको साँफबेगर नगरपालिका वडा नम्बर–१० ठाँटी बजार स्थित जनता होटल औपचारिक रुपमा सञ्चालनमा आएको छ।
यूवा उद्यमी भिम बोगटीको २० लाख लगानीमा सुरु गरेका हुन ।साथै बोगटीले जनता किरना पसल र मासु पसल पनि संचालन गरेका छन ।

बुढीगंगाका ताजा माछा, घरमा पालेका खसी, बोका लोकल कुखुराको मासु, विभिन्न ब्राह्णका पेय पदार्थ लगायत खाजा नास्ताको विशेष व्यवस्था रहेको सञ्चालक बोगटीले बताउनु भयो।

विशेष गरी व्यस्त दैनिकीमा स्वस्थ र घरमै तयार पारिएको जस्तै ताजा खाजाको खोजीमा रहेका ग्राहकहरुलाई लक्षित गर्दै यो व्यवसाय सुरु गरिएको सञ्चालकले बताउनु भएको छ।
उक्त जनता होटल एण्ड नास्ता पसलमा विभिन्न रैथाने तथा आधुनिक खाजाका परिकारहरु उचित मूल्यमा उपलब्ध गराईने छ।