अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अछाम क्षेत्र नम्बर १ को आठौँ क्षेत्रीय अधिवेशन साँफेबगरमा सुरु भएको छ।
साँफेबगरमा आयोजित अधिवेशनको अध्यक्षता नेपाली कांग्रेस अछामका कार्यवाहक सभापति गणेश खड्काले गरिरहेका छन् भने प्रमुख अतिथिको रूपमा नेपाली कांग्रेसका नेता भरतकुमार स्वार सहभागी छन्।
अधिवेशनमा महाधिवेशन प्रतिनिधि , पार्टीका नेता क्षेत्रीय प्रतिनिधि तथा कार्यकर्ताको सहभागिता रहेको छ। अधिवेशनले क्षेत्रीय नेतृत्व चयनसँगै पार्टी संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउने छ ।



