अछाम । सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला, साँफेबगर नगरपालिका–१३ बाब्लालाई पुर्ख्यौली थलो बनाएका बाब्ली परिवारको साझा संस्था बाब्ली एकता समाज मुम्बईले रसुवा बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा रु. १ लाख ३१ हजार ३ सय ७९ सहयोग रकम जम्मा गरेको छ।
समाजका अध्यक्ष ज्योति बाब्लीका अनुसार सन् २०१२ मा स्थापना भएको बाब्ली एकता समाज मुम्बईले शिक्षा, स्वास्थ्य, धार्मिक, सामाजिक तथा विपद् राहतलगायतका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ।
विपद्को समयमा मानवीय सेवामा अग्रसर रहनु समाजको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो।
सहयोग अभियानमा समाजका कोषाध्यक्ष करण बाब्ली, सचिव महेश बाब्ली, युवा इन्जिनियर प्रेम बाब्ली, मान सिंह बाब्ली, रंगनाथ बाब्ली तथा समाजसेवी जगदीश उज्वल बाब्ली लगायतको सक्रिय भूमिका रहेको थियो।
समाजले अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सदस्य, शुभेच्छुक तथा सहयोगीप्रति धन्यवाद व्यक्त गरेको छ।


