कांग्रेस १५ औँ महाधिवेशन : महाधिवेशन प्रतिनिधिमा गोविन्द बहादुर शाहको उम्मेदवारी घोषणा


पैरवी खबर

अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधि पदका लागि गोविन्दबहादुर शाहले उम्मेदवारी घोषणा गरेका छन्।

शाहले आफूलाई ‘श्रमिक वा पेशागत’ समूहबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवारका रूपमा प्रस्तुत गरेका हुन्। उम्मेदवारी घोषणासँगै उनले संगठन सुदृढीकरण, कार्यकर्ताको सम्मान र पार्टीभित्र एकताका लागि काम गर्ने प्रतिबद्धता सार्वजनिक गरेका छन्।

उनले “समृद्ध अछाम, समृद्ध नेपाल”को अवधारणालाई समेत आफ्नो अभियानमा अघि सारेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै विभिन्न तहमा उम्मेदवारहरूले आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दै गएको छ।