साँफेबगर – रैथाने बालीको संरक्षण सम्बन्धि पातलकोटमा “पैरवी अभियान” कार्यक्रम सम्पन्न भएको छ ।
W.H.H .पीसविन नेपाल , वाक नेपाल र समविकास नेपालको WE CAN परियोजना अन्तर्गत साँफेबगर नगरपालिका वडा नम्बर १४ पातलकोटको समन्वयमा रैथाने बालीको संरक्षण सम्बन्धि “पैरवी अभियान” अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अब देखि आफुहरुले बजारमा पाइने बिसादी मिसाएका कुनै पनि खानेकुराहरु नखाने कार्यक्रमका सहभागीले प्रतिबद्धता ब्यक्त गरेका छन ।
स्थानीय रूपमा परम्परागत ढंगले खेती हुँदै आएका बालीहरू , कोदो ,फापर, जौ, उवा,कागुनो, स्थानीय धानका जात , गेडागुडी , विभिन्न तरकारीका जात आदिको संरक्षण गर्ने कार्यक्रमका सहभागी सरोकारवालाहरुले बताए ।
कार्यक्रमको बारेमा जानकारी गराउँदै समविकास नेपालका पुर्णिमा कुँवरले रैथाने बालीहरू पौष्टिक तत्वले भरिपूर्ण भएको बताउँदै आत्मनिर्भर बन्नका लागि पनि ठुलो मदत हुने भएकोले यिनको संरक्षण जरुरी रहेको बताउनु भयो ।
कार्यक्रमको समापनमा बोल्दै वडा अध्यक्ष सन्जु थापाले रैथाने बालीहरू नेपाली संस्कार, चाडपर्व र परम्परागत खानासँग जोडिएको बताउनु भयो । जसले सांस्कृतिक पहिचान जोगाउँनुका साथै प्रशोधन, बजारीकरण र मूल्य अभिवृद्धि गर्न सके स्थानीय रोजगारी र आम्दानी बढाउन सक्ने पनि उहाँले बताउनु भयो ।
तेसैले रैथाने बालीको संरक्षण गर्न आफू प्रतिबद्ध रहेको र वडा बासीलाई संरक्षणका लागि लाग्न अनुरोध गर्नुभएको छ ।
वडा कार्यालयका सहजकर्ता कल्लान साउदले संचालन गर्नुभएको रैथाने बालीको संरक्षण सम्बन्धि पैरवी अभियान कार्यक्रममा वडाका जनप्रतिनिधि , विभिन्न पार्टीका प्रतिनिधि, विभिन्न कृषक समुहका पदाधिकारी , स्वास्थ्यकर्मी , शिक्षक , समाजसेवी , पत्रकार लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियोे ।


