साँफेबगर नगरपालिका अन्तर्गत वडा मेलमिलाप केन्द्रमा कार्यरत मेलमिलापकर्ताहरुलाई सपथ ग्रहण


पैरवी खबर

साँफेबगर – मेलमिलाप केन्द्र संचालन तथा व्यवस्थापन कार्यविधि २०७७ सम्बन्धि अभिमुखिकरण तथा मेलमिलापकर्ताहरुको सपथ ग्रहण कार्यक्रम साँफेबगर नगरपालिकामा सम्पन्न भएको छ ।
नगरपालिकाका नगर उपप्रमुख एवं न्यायीक समिति संयोजक शिव बहादुर कुँवरको अध्यक्षता र नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

नगर उप प्रमुख एवं न्यायीक समिति संयोजक शिव बहादुर कुँवरद्वारा साँफेबगर नगरपालिका अन्तरगत वडा मेलमिलाप केन्द्रमा कार्यरत ४० जना मेलमिलापकर्ताहरुलाई सपथ ग्रहण गराइएको हो ।

मेलमिलापकर्ता वा मध्यस्थकर्ताहरुले विवादका पक्षहरुलाई वार्ता, सहमति, र मेलमिलापमार्फत विवाद समाधान गराउने कार्य गर्नुका साथै स्थानीय तह (जस्तै वडा/नगरपालिका) मा न्यायिक समितिको सहयोगमा मेलमिलापकर्ता नियुक्त गरी विवाद समाधान गरिन्छ।
यसले अदालतमा मुद्दा पुर्‍याउनु अघि पक्षहरुबीच आपसी सहमति र मिलेमतो कायम गराउन मद्दत गर्छ, जसले समय बचत र सामाजिक सम्बन्ध सुदृढ पार्न मद्दत गर्दछ।

विवादलाई सहमतिमा समाधान गर्ने मध्यस्थकर्ता,स्थानीय तहमा न्यायिक समितिसँग समन्वय , पक्षहरुबीच विश्वास र सहमति निर्माण तालिम र क्षमतावृद्धिको आधारमा काम र सामाजिक सम्बन्ध र सामुदायिक शान्ति बढाउने मेलमिलापकर्ताको मुख्य भुमिका रहन्छ ।