साँफेबगर – साँफेबगर नगरपालिकामा ३ महिने (३९०कार्य घन्टा) ब्युटीसियन तालिमको उदघाटन गरिएको छ ।
व्यवसायिक तथा सीप विकास तालिम केन्द्र धनगढी कैलालीको सहयोग र साँफेबगर नगरपालिका अछामको आयोजनामा तालिम संचालन गरिएको हो ।
साँफेबगर नगरपालिका सामाजिक विकास शाखा संयोजक जनक कडायतको अध्यक्षतामा भएको तालिम उदघाटन कार्यक्रममा नगर प्रमुख राजेन्द्र बहादुर कुँवर प्रमुख अतिथि रहनुभएको थियो ।
तालिममा सहभागी २० जना रहेका छन भने प्रशिक्षकको रुपमा कमला गुरुङ हुनुहुन्छ । पौष २० गते बाट सुरु भइ बैशाख सम्म तालिम संचालन हुने भएको छ ।


