अछाम । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि मंगलसेन नगरपालिकाअछामले ३४ लाख १ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
नगरपालिकाको निर्णयअनुसार नगर विपद् व्यवस्थापन कोषबाट २ लाख ५१ हजार रुपैयाँ र जनप्रतिनिधि तथा कर्मचारीको सेवासुविधाबाट बाँकी रकम जुटाएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।
नगरपालिकाले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।




