रसुवा बाढी पीडितका लागि चौरपाटी गाउँपालिका अछामले १ लाख सहयोग गर्ने


पैरवी खबर

अछाम । रसुवा क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि अछामको चौरपाटी गाउँपालिकाले १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।

गाउँपालिका अध्यक्ष भीम बहादुर साउदका अनुसार बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।

प्राकृतिक विपद्का कारण ठूलो क्षति व्यहोरेका नागरिकलाई तत्काल राहत तथा उद्धारमा सहयोग पुग्ने अपेक्षासहित गाउँपालिकाले मानवीय सहयोगको पहल गरेको जनाएको छ।

पछिल्लो समय बाढी तथा पहिरो प्रभावित क्षेत्रमा विभिन्न निकाय र संघसंस्थाले राहत तथा उद्धारका लागि आर्थिक सहयोग घोषणा गरिरहेका छन्।